×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

४ अर्वको कारोबार रहुन्जेल बुल सकिंदैन, ४-१२ परिमार्जन नगरी सुखै छैन’ : सेयर बजारका बादशाह निर्मल प्रधान

काठमाडौँ । नेपाली सेयर बजारका बादशाह निर्मल प्रधानले ४ अर्व रुपैयाँको कारोबार रहुन्जेल कुनै पनि हालतमा बुलिस ट्रेन्ड नसकिने दाबी गरेका छन् । अर्थ सरोकार डटकमले आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा अर्थ सरोकारकर्मीको प्रश्नको उत्तर दिंदै उनले यस्तो बताएका हुन् । अहिले बजार बुलिस लयमा नै हिंडिरहेको र बजार धेरै माथि जाने उनको आशय थियो । अहिलेको बजार नेपाल राष्ट्र बैंकको ४-१२ को नीतिका कारण घटिरहेको र सो नीति परिमार्जन हुने बित्तिकै बजारले नयाँ उचाईं प्राप्त गर्ने आशय उनको थियो ।

यता नेपाल राष्ट्र बैंकले जारी गरेको ४-१२ को नीति पनि कुनै हालतमा परिमार्जन हुनुपर्ने र हुने उनको भनाइ छ । आफुहरुमात्र नभई सो नीतिका कारण सरकार पनि घाटामा गएको उल्लेख गर्दै उनले यो नीति छिट्टै परिमार्जन हुनेमा विश्वाससमेत व्यक्त गरे । उनले अहिले आत्तिएर सेयर बेच्ने बेला नभएकोसमेत दाबी गरेका छन् । बजार धेरै माथि जान उन्मुख भएकाले अहिलेको भाऊमा सेयर बेच्नु नपर्ने उनको भनाई छ । नेपाल राष्ट्र बैंकको ४-१२ को नीतिका कारण ठुला खेलाडीहरुले भकाभक सेयर बेचिरहेको चर्चा चलिरहेका बेला उनले आफुले भने त्यसरी सेयर नबेचेको बरु करोडौंको सेयर किनिरहेको उनको भनाई छ ।

अहिलेको अस्थितिमा बैंकको ब्याजदर भन्दा पनि बढी रिटर्न सेयरमा रहेको उल्लेख गर्दै उनले ऋण नै लिएर भएपनि सेयर बजारमा लाग्न उनले सुझावसमेत दिएका छन् । कार्यक्रममा उपस्थितहरुलाई आफ्नो अनुभवसमेत बाँड्दै उनले आफु यसअघिको मन्दीका बेलामा समेत डिफल्टर नभएको स्मरण गर्दै उनले अहिले आफु निकै कम्फर्ट जोनमा रहेको बताएका थिए । अहिलेको भाउमा ऋण लिएर सेयर बजारमा लगानी गरे निकै फाइदा हुने उनको तर्क छ ।

‘कस्ता लगानीकर्तालाई ठुला लगानीकर्ता भन्ने ? र ठुलाले सानालाई फसाईरहेको चर्चा छ नि ?’ भन्ने अर्थ सरोकारकर्मीको प्रश्नमा उनले आफ्नो अनुभवसमेत व्यक्त गरेका थिए । सो कार्यक्रममा उनले पछिल्लो बजारको आफ्नो अनुभवसमेत सुनाएका छन् । अरवौंको पोर्टफोलियो भएका प्रधानले यो आर्थिक बर्षमा आफुसंग भएको सेयर बेच्नुभन्दा होल्ड गर्नुनै फाइदा रहेकोसमेत बताएका छन् । हेर्नुहोस् सो कार्यक्रममा निर्मल प्रधानले राखेको बिचार :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: