×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नोट छपाईका लागि केन्द्रीय बैंकले छान्यो १० विदेशी कम्पनी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नोट छपाईका लागि केन्द्रीय बैंकले छान्यो १० विदेशी कम्पनी

Artha Sarokar

१२ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली नोट छपाइका लागि १० विदेशी कम्पनीहरु छनोट गरेको छ ।  शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले यसअघि गत २२ जुलाई २०२१ मा गरिएको सार्वजनिक खरिद बोल कबोलमार्फत १० विदेशी कम्पनीहरु छनोटमा परेको जनाएको हो ।
राष्ट्र बैंकले सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड (भारत), चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन (चाइना), कासा डा मोइदा दो ब्रासिल (ब्राजिल), क्रेन एबी (स्विडेन), डी ला रुई इन्टरनेशनल लिमिटेड (बेलायत) छनोटमा परेको जनाएको छ ।
यस्तै गाईसिक प्लस डिभ्राइन्ट करेन्सी टेक्नोलोजी, जीएमबीएच (जर्मनी), जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’ (रुस), कोरिया मिन्टिङ, सेक्युरिटी प्रिन्टिङ एन्ड आईडी कार्ड अपरेटिङ कर्प (कोरिया), अबर्थर फिड्युसायर सास (फ्रान्स) र ओरेल फ्युसिल सेक्युरिटी प्रिन्टिङ (स्विट्जरल्यान्ड) रहेका छन् ।
बैंकले नेपाली नोट छपाइका लागि गत जुलाई २२ तारिखमा अन्तर्राष्ट्रिय टेन्डरमा आह्वान गरेको थियो । सोही टेन्डरका आधारमा १० कम्पनी छानिएका हुन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी