Skip to content
LAXMI SUNRISE BANK

न्यादी हाइड्रोपावरको आईपीओको प्रि-अलटमेन्ट सम्पन्न, शुक्रबार बाँडफाँड गर्ने तयारी

अर्थ सरोकार

काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओको प्रि-अलटमेन्ट सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपीओको प्रि-अलटमेन्ट सम्पन्न भएको जनाएको हो । क्यापिटलले कम्पनीको आईपीओको बाँडफाँड भने शुक्रबार गर्ने तयारी भइरहेको जनाएको छ।
न्यादीले गत असोज १५ गतेबाट १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।
यो कम्पनीको आइपीओमा २३ लाख ५७ हजार बढी आवेदकबाट २ करोड ९४ लाख ७७ हजार बढी कित्ता खरीदको माग गर्दै आवेदन परेको छ । जुन मागभन्दा १४ गुणा बढी आवेदन परेको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK