काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा एक जना फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।ब्युरोको टोलीले महोत्तरी भगाहा गाउँपालिका वडा नम्बर ३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल बस्ने रामनाथ सिंहलाई बुधबार कमलपोखरीबाट पक्राउ गरेको हो ।
सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी-जानी २०७६ बैशाख १० गते प्रभु बैंक लिमिटेड शाखा कार्यालय भक्तपुरको चेक काटेर जाहेरवाललाई दिएका थिए । सो चेक बाउन्स भएपछि पीडितले दिएको जाहेरीमा उच्च अदालत पाटनले २०७७ माघ २० गते उनलाई चार दिन कैद र ११ लाख जरिवाना सजाय सुनाएको थियो । उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्