काठमाडौँ । यतिबेला देशभरका अधिकाशं स्थानका किसान चिन्तित बनेका छन् । बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट किसानको धानबाली नष्ट गरेपछि किसान चिन्तित बनेका हुन् । वर्षभरी गरेको दुख क्षणभरमै नष्ट भएपछि किसानका आंखा ओभाउन सकेका छैनन् । बेमौसमी वर्षापछि आएको बाढीपहिरोले देशभरका कयौँको निधन भएको छ ।
यता यहिबेला पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने जिपलाइन रमाइलो अनुभव लिन धुलिखेल पुगेका छन् । उनी नाति नातिनीसहित क्लासिक जिपलाइनमा सयर गरेका हुन् ।
धुलिखेल जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरु भएको थियो । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ ।
हेर्नुहोस् जे देखियो…
फोटोः बिष्णु कान्त घिमिरे