काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलताको अभाव भएपछि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले आज बिहिबाउक्त रिपोको बोलकबोल गर्नेछ ।
रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । राष्ट्र बैंकले ७ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो । यो रिपो कात्तिक ११ गते परिपक्क हुनेछ ।