×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकहरुले टेरेनन् नेपाल राष्ट्र बैंकको निर्देशन ! ब्याजदरमा १० प्रतिशतको नियम पालन नहुँदा सेयर बजार पुन: घट्न थाल्यो !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ब्याजदरमा दिएको निर्देशन बैंकहरुले नटेरेको पाइएको छ । अधिकाशं बैंकहरुले कार्तिकबाट लागु हुने गरी आफु खुशी ब्याजदर बढाएपछि राष्ट्र बैंकले मंगलबार साँझ एक निर्देशन जारी गर्दै पुरानै ब्याजदर कायम गर्न अर्थात आफु खुशी बढाएको ब्याजदर फिर्ता लिन निर्देशन दिएको थियो ।
राष्ट्र बैंकको सो निर्देशनकोसमेत बैंकहरुले उल्लङघन गरेका हुन् । राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि अधिकतम ९.३ प्रतिशत ब्याज निर्धारण गरिदिएको थियो । तर सीडी रेसियो ९० प्रतिशतभन्दा बढी भएका बैंकलाई ९.३६ प्रतिशतसम्म ब्याज दिन पाउने व्यवस्था गरेको थियो ।
यता विकास बैंकहरुले भने ९.५ प्रतिशत र फाइनान्स कम्पनीहरुले ९.६ प्रतिशतसम्म ब्याज दिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । समस्याग्रस्तबाट मुक्त भएका बैंक तथा वित्तीय संस्थाको तुलनामा भने थप ०.१५ प्रतिशतसम्म ब्याज दिन पाउने व्यवस्था थियो ।
राष्ट्र बैंकले ब्याजदर अघिल्लो महिनाको भन्दा १० प्रतिशत तलमाथि मात्र गर्न पाइने निर्देशन दिएको थियो । जसमा व्यक्तिगतको भन्दा संस्थागतको १ प्रतिशत बिन्दु बढि ब्याज हुनुपर्ने थियो । कात्तिकका लागि घोषणा गरिएको ब्याज खारेज गरेर असोजको ब्याजका आधारमा १० प्रतिशत तलमाथि गर्न पाइने व्यवस्था गरेको थियो । तर बैंकहरुले १० प्रतिशतलाई उल्लङघन गरी बचततर्फ ५४ प्रतिशतसम्म ब्याज बढाएका छन् भने  मुद्दतितर्फ १४ प्रतिशतसम्म ब्याज बढाएका छन् । बचततर्फ ११ बैंकले नीति मिचेका छन् भने मुद्दतितर्फ ६ बैंकले नीति मिचेका छन् ।
बैंकहरु आफु खुशी ब्याजदर बढाएपछि सेयर बजारमासमेत नकरात्मक प्रभाव परेको थियो । राष्ट्र बैंकको निर्देशनपछि बुधबार सुधार आएको बजारमा पुन; बिहिबार घट्न थालेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: