×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

४ वस्तुहरुमा लगाइएको प्रतिबन्ध हट्यो, ५० हजार डलरभन्दा बढी मूल्यको सवारीसाधन पैठारीको बन्देज पनि हटाईयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ वस्तुमा लगाएको प्रतिबन्ध हटाएको छ । राष्ट्र बैंकले आज शुक्रबार एक सूचना जारी गर्दै केराउ, सुपारी, मरिच र छोकडामा लगाएको प्रतिबन्द हटेको जानकारी दिएको हो । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै केराउ, सुपारी, मरिच र छोकडाको बन्देजलाई हटाएको हो ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ अवधिको लागि केराउमा कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने व्यवस्था गरेको छ । यता सुपारीमा २५ हजार मेट्रिक टन, ५ हजार मेट्रिक टन छोकडा र १५ हजार मेट्रिक टन नधुल्याइएको सुपारी आयातमा कोटा तोकिएको छ ।
यस्तै राष्ट्र बैंकले ५० हजार अमेरिकी डलर भन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको छ । यसअघि गत असोज १८ गते बैंकले एक सूचना जारी गर्दै केराउलगायतका ४ वस्तुमा प्रतिबन्ध लगाएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: