×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तरलताको अभाव टार्न बैंकिङ प्रणालीमा बिहिबार २० अर्ब पठाउँदै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले तरलताको अभाव टार्न आज बिहिबार २० अर्ब रुपैयाँ बराबरको रिपोको बोलकबोल गर्नेछ ।
सो रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । राष्ट्र बैंकले १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो । यो रिपो कात्तिक २५ गते परिपक्क हुनेछ ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: