काठमाडौं । नेपाली पत्रकारिता क्षेत्रमा छुट्टै पिक्चर बनाएका चर्चित पत्रकार ऋषि धमला बेला बेलामा विभिन्न कारणले चर्चामा आइरहन्छन् । र मंगलबारदेखि उनी फेरी चर्चामा आएका छन् । जसको कारण हो नेपाल बार एसोसिएसनको बैठकमा उनले गरेको हमला ।
मंगलबार दिउसो हस्याङफस्याङ नेपाल बार एसोसिएसनको बैठक चलिरहेको हलभित्र उनी पसे । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेरको राजीनामा मागका विषयमा सल्लाहकारहरुसँग बारका पदाधिकारीहरुले गरिरहेको गोप्य छलफलमा पसेर उनी लाईभ गर्न थाले । स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै हलभित्र पसेर लाइभ गर्न थालेपछि एकाएक बैठकभित्र सन्नाटा छायो । त्यहाँ के भईरहेको छ भन्ने विषयमा नै बैठकमा सहभागीहरु कन्फ्युज्ड भए ।
त्यसपछि धमला मञ्चमा पुगेर वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रश्न गर्न थाले । तर भण्डारीले बोल्दाबोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले हस्तक्षेप गर्दै धमलाको माइक नै समातेर उनलाई त्यहाँबाट निस्कन आदेश दिए । धमलाले कुनै प्रतिवाद नगरी ‘हामी प्रत्यक्ष प्रशारणमा छौं’ भन्दै बाहिर निस्किए ।
कुनै युट्युबरको शैलीमा बैठकमा प्रवेश गरेको भन्दै केहिले उनको आलोचना गरेका छन् भने केहिले पत्रकार भएपछी यतिको आँट चाहिन्छ भन्दै प्रशंसा गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्