गोरखा । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा होटल गोरखा बिसौनी गोरखामा सम्पन्न भएको छ । उक्त साधारणसभाले गत आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागी १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाको सञ्चालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थापक समुहबाट आगामी चार वर्षे कार्यकालका लागि कृष्ण बहादुर थापा, डा.नरहरी ढकाल, रमेश सापकोटा र अर्जुन कुमार सिलाई सञ्चालकको रुपमा निर्बिरोध निर्वाचित गरेको छ । साधारणसभा पश्चात बसेको सञ्चालक समितीको बैठकले कृष्ण बहादुर थापाको अध्यक्षतामा सञ्चालक समिती पूर्नगठन गरिएको छ ।
साथै आर्थिक वर्ष २०७८/०७९ को बाह्य लेखा परिक्षण कार्यका लागि लेखापरिक्षक श्री एस.डि एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने, भबिष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती/सहमती सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमति पत्रमा हस्ताक्षर गर्न, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिन, सम्पती तथा दायित्वको मूल्याकङ्गन गर्न परामर्शदाता, मूल्याकङ्गनकर्ता, लेखापरिक्षक नियुक्त गर्न र निजको पारिश्रमिक निर्धारण गर्न र अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगाएतका कार्यसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागी सञ्चालक समितीलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित गरेको छ ।
वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नोबेल कोरोना भाईरसका कारण वित्तीय कार्यक्रम सञ्चालनमा असहज भएतापनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानीकर्ताहरुलाई उत्कृष्ठ प्रतिफल दिन, कार्यक्रमको गुणस्तर बृद्धिमा का लागी पर्ने बताए । हाल वित्तीय संस्थाले ९३ बटा शाखा कार्यालयहरुमार्फत ८०,००० भन्दा धेरै घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्