×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिहिबारदेखि सामलिङ पावर कम्पनीको ७ लाख ३० हजार कित्ता आइपीओ बिक्री खुला, कात्तिक १८ गतेसम्म आवेदन दिन पाईने !

काठमाडौं । सामलिङ पावर कम्पनीले सर्वसाधारणहरुका लागि भोलि कात्तिक ४ गते (बिहिबार) देखि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।
जसमा २% अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५% अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । यसमा लगानीकर्ताले कात्तिक ८ गतेसम्म आवेदन दिन पाउनेछन् भने सो अवधिमा सबै आइपीओ बिक्री नभएमा कात्तिक १८ गतेसम्म आइपीओ खुला रहनेछ ।
लागानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ्ग दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: