×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामलिङ पावर कम्पनी लिमिटेडको ५ लाख कित्ता आइपीओ बाँडफाँड, योग्य सबै आवेदकहरुले पाए सेयर (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

सामलिङ पावर कम्पनी लिमिटेडको ५ लाख कित्ता आइपीओ बाँडफाँड, योग्य सबै आवेदकहरुले पाए सेयर (विवरणसहित)

काठमाडौं । सामलिङ पावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँड भएको हो । कम्पनीको सो आइपीओमा आवेदन दिने सबै  आवेदकले आइपीओ पाएका छन् । अति प्रभावित समुहका लागि छुट्याईएको सेयरमा ३ हजार २५५ योग्य आवेदन परेको थियो ।
ती आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म सेयर पाएका छन् ।  यता आयोजना प्रभावित समुहका लागि छुट्याईएको सेयरका लागि १७ हजार ७८९ योग्य आवेदनहरु परेको थियो । यसमा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म सेयर हात पार्न सफल भएका छन् ।
यस कम्पनीले भदौ १८ गतेदेखि असोज १ गतेसम्म इलाम जिल्लाका आयोजना प्रभावितका लागि कुल ५ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४०% अर्थात २ लाख कित्ता सेयर छुट्याइएको थियो ।
बाँकी ६०% अर्थात ३ लाख कित्ता भने इलाम जिल्लाभरका स्थानीयका लागि छुट्याइएको छ । हाल सामलिङ पावरद्वारा इलाम जिल्लामा निर्माणाधीन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: