काठमाडौं । सानिमा बैंक लिमिटेडले लाभांश पारित गर्न कात्तिक १४ गते (आइतबार) वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सभा आम्रपालि ब्यांकेट, बालुवाटारमा बिहान ११ बजेदेखि बोलाएको हो ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १७% बोनस सेयर र कर प्रयोजनको लागि ०.८९% नगद लाभांश वितरण गर्ने मुख्य एजेन्डा रहेको छ । यस्तै मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतका एजेन्डा छन् ।
सानिमाले सभाको लागि कात्तिक ७ गते बुक क्लोज गरेको छ । जसअनुसार कात्तिक ६ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउनेछन् ।