काठमाडौं । सानिमा बैंक र माछापुच्छ्रे बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा सानिमाको १७% र माछापुच्छ्रेको १३.३०% बोनस सेयर मूल्य समायोजन भएको हो ।
नेप्सेले सानिमाको बोनस सेयर समायोजनपछिको भाउ ४ सय १७ रुपैयाँ ७८ पैसा निर्धारण गरेको छ भने माछापुच्छ्रेको बोनस सेयर समायोजनपछिको भाउ ३ सय २२ रुपैयाँ ०७ पैसा निर्धारण गरेको छ । सोहि मुल्यका आधारमा आज आइतबारको दुवै बैंकको सेयर कारोबार खुलेको छ । सभाका लागि दुवै बैंकले आज आइतबार कात्तिक ७ गते बुक क्लोज गरेका छन् ।
आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सानिमाले सेयरधनीलाई १७% बोनस सेयर र कर प्रयोजनका लागि ०.८९% नगद लाभांश वितरण गर्न लागेको छ भने माछापुच्छ्रेले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.३०% बोनस सेयर र कर प्रयोजनको लागि ०.७०% नगद लाभांश वितरण गर्दैछ ।