काठमाडौँ । सिन्धु बिकास बैंक लिमिटेडको करोडौं रुपैयाँ अपचलन गरेको आरोपमा बैंकका दोलालघाट शाखाका शाखा प्रमुख सुमन खरेल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरको मुद्दामा खरेललाई पक्राउ गरेको हो ।
बैंकको सो शाखाले दैनिक रुपमा संकलन हुने कारोबारबाट जम्मा भएको मौज्दात रकमलाई एनसीसी बैंक सिन्धुपाल्चोक, बाह्रविसे शाखामा रहेको सिन्धु विकास बैंक लि.को खातामा नियमित रुपमा जम्मा गर्ने गरेकोमा उनले सो रकम बैंकको खातामा जम्मा नगरी आफुले रकम निकाली बैंकको सम्पत्ति अपचलन गरेका थिए ।
उनले एनसीसी बैंकमा रहेको खातामा जम्मा गर्नुपर्ने एक करोड उनासी लाख नब्बे हजार आठ सय पचपन्न रुपैयाँ आफुले निकाली बैकको सम्पत्ति अपचलन गरेको प्रहरीले जनाएको छ । उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
सो मुद्धामा उनी एक्लै संलग्न छन् वा बैंकका अन्य व्यक्तिहरुसँग पनि मिलेमतो छ भन्ने तथ्य भने अनुसन्धानकै क्रममा छ । उनी सन् २०१८ देखि सो बैंकमा कार्यरत थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्