×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा उग्र लफडा, कर्मचारीहरु आन्दोलनमा, सीइओसहित उच्च पदाधिकारी छैनन् कार्यालयमा

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । विगतमा गरेको सम्झौता कार्यान्वयन गराउनुपर्ने, कानुन मिचेर गरिएको सरुवा रोकिनुपर्ने, नेपाल राष्ट्र बैंकबाट जारी गरिएका निर्देशनहरु कार्यान्वयन गरिनुपर्ने, कर्मचारीमाथि गरिएको शोषण र दमन बन्द गरिनुपर्ने, केन्द्रीय कार्यालयको घरभाडा तथा अन्य अनियमितता तत्काल छानविन गरिनुपर्नेलगायतका माग गर्दै स्वावलम्बन बैंक कर्मचारी संगठन आन्दोलनमा उत्रिएको हो ।
यस्तै संस्थाले कर्मचारी युनियनका पदाधिकारीहरुलाई बर्खास्त गर्ने मनसाय राखीगत हप्ता आधिकारिक ट्रेड युनियनका ७ जना पदाधिकारीलाई पत्र काटेको पनि उनीहरु भनाई छ । व्यवस्थापन र कर्मचारी युनियनबीच गत माघ २८ गते १७ बुँदे सहमति भएकोमा माग कार्यान्वयन नभएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पूर्णचन्द्रराज अवस्थीले बताए ।
पटक-पटक सरकारले तोकेको न्‍यूनतम पारिश्रमिक माग गर्दा पनि संस्थाले सम्बोधन नगरेको उनीहरुको आरोप छ । यस्तै कर्मचारीमाथि शोषण गरेको पनि उनीहरुले बताए । मागहरु कार्यान्वयन गर्नेपर्ने हुँदा कम्पनीका सीइओलगायत उच्च पदका पदाधिकारी अहिले फिल्डका नाम भागेको उनीहरुको आरोप छ । मागहरु पूरा नभएसम्म आफूहरु आन्दोलनबाट पछि नहट्ने अध्यक्ष अवस्थीले बताए ।
यता संस्थाका सीइओ उदयराज खतिवडाले भने वैधानिक नदेखिएको कर्मचारीको आन्दोलनलाई सम्बोधन गर्न नसकिने बताए । उनले कर्मचारीले पुरानो सम्झौता भन्दा फरक तरिकाले आन्दोलन गरिरहेको हुनाले सम्बोधन गर्न नसकिने बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: