×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्तका कर्मचारी ८० दिनदेखि आन्दोलनमा (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

स्वावलम्बन लघुवित्तका कर्मचारी ८० दिनदेखि आन्दोलनमा (फोटो-कथा)

Artha Sarokar

१० कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका  कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । विभिन्न माग राख्दै संस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिएको बुधबार ८० दिन पुगेको हो । संस्थाले कर्मचारी युनियनका पदाधिकारीहरुलाई बर्खास्त गर्ने प्रयास गरेको, व्यवस्थापन र कर्मचारी युनियनबीच गत माघ २८ गते १७ बुँदे सहमति भएकोमा कार्यान्वयन नभएको भन्दै आन्दोलन कर्मचारी आन्दोलमा उत्रिएका हुन् ।
यता कर्मचारीको हकहितको माग राख्दै आएका कर्मचारीलाई नै बर्खास्त गर्ने नियतले संस्थाले प्रष्टीकरण सोधेपछि कर्मचारीहरुले आइतबार लघुवित्तबाट प्रवाह हुने सेवासमेत बन्द गरेका थिए । संस्थाले आधिकारिक ट्रेड युनियनका ७ जना पदाधिकारीलाई शुक्रबार यस्तो पत्र काटेको थियो ।
यस्तै झन्डै ४३ दिनको शान्तिपूर्ण धर्ना बसेका उनीहरुले माग पूरा नभएपछि हाल सीईओको रानीनामा माग्दै धर्ना तथा कार्यालय घेराउको कार्यक्रम अघि बढाउँदै आएका छन् । सो पत्र फिर्ता गर्ने र मागहरु पूरा नभएसम्म आफूहरु आन्दोलनबाट पछि नहट्ने संस्थाको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पूर्णचन्द्रराज अवस्थीले बताए । बाँकी फोटोमा :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी