दशैं सकिएको अझै छैन । टिका लगाउने क्रम अझै जारी छ । दशैंका बेला काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीहरु कम हुने नै भए । र त आआफ्नो आफन्तजनका टीका लगाउनको बिहानै देखि सर्वसाधारणहरु ट्याक्सी खोजिरहेका थिए । उपत्यकाका चोकचोकमा पहिलेजस्तो ट्याक्सी यात्रु पर्खेर बसेको देखिदैनथ्यो । ट्याक्सी नपाएर आफ्नो गन्तब्य स्थल पुग्न ट्याक्सी कुरेर बसेको पनि यत्तिकै थिए ।
टीका लगाउने जाने हरेकको हातमा झोला झुन्डिरहेको थियो । कतिले त आफ्नो ससाना बालबच्चा समेत च्यापिरहेको थिए । भक्तपुरको सुर्यविनायकमा बिहान एउटा पनि ट्याक्सी थिएनन् । भक्तपुरको सुर्यविनायक बस्ने कृष्ण महर्जन टीका लगाउनको लागि मैतीदेवी जान ट्याक्सी खोज्दै थिए । साथै उनीसंग उनका श्रीमती र तीन जना छोराछोरी पनि थिए । उनी हिड्न नपरोस् भनेर ट्याक्सी पर्खेर बसेका थिए । उनले बल्लबल्ल एउटा ट्याक्सी पाए । एउटा ट्याक्सी आँउदा तीन जना ट्याक्सीतिर हुइकिए । ट्याक्सी चालकले सुर्यविनायकबाट मैतीदेवी जान सिधैं दुई हजार मागे ।
दुई हजार बढी भयो मिटरमा जाउ भनेर महर्जनले ट्याक्सी चालकलाई फकाउन अनेकौं कोसिस गरे । मिटरमा हिड्न ट्याक्सी चालक तयार भएनन् । महर्जनले ट्याक्सीको विरोधमा उजुरी गर्न ट्रफिक खोजे । उनी ट्राफ्रिक बोलाउन गएका मात्र थिए । अर्को यात्रु हजार रुपैयाँ तिरेर बालकोट गइहाले । ट्राफ्रिक आउदाँसम्म त ट्याक्सीको चालक भागिसकेका थिए । उनले ट्याक्सीको नम्बरसमेत टिप्न भ्याएनन् ।
दशैंमा ट्याक्सीलाई यात्रु बोकेर फुर्सद भएन । ट्याक्सी चालकहरु मालामाल भएका छन् अनि जनता कंगाल । ट्रफिक महाशाखाले पनि दशैंका बेला अनुगमनमा खासै चासो दिएको छैन । ट्याक्सी चालकले पनि आफ्नो मनलागि भाँडा यात्रुसंग उठाएका छन् । ट्याक्सीमा भएको मिटर त देखाउनको लागि मात्र राखेको जस्तो देखिन्छ । चाडबाडको मौका छोपेर ट्याक्सी चालकले आज आफ्नो मनमर्जी चलाएका छन् ।
के सरकारले पनि चाडबाड भनेर ट्याक्सी व्यवसायीलाई छाडा छोडेको हो ?
सरकारले ट्याक्सी व्यवसाीलाई तिमीहरु जनता ठग भनेर यसरी आफ्नो मर्जी चलाउन दिएका हुन् ? चाडबाडको बेलामा जनता झन् ठगिन्छन् । यस्तो बेलामा अनुगमनमा झन् तीव्रता दिनुपर्ने होइन् र ? टीकाको दिन ट्याक्सी चढ्ने यात्रु धेरै ठगिएका छन् । केहि दिन यतासम्म यो सिलसिला रोकिएको छैन । दशैंका बेला ट्याक्सी चालकले जति माग्यो यात्रुले त्यति नै तिरेर यात्रा गरेको छन् । यात्रु अरु बेला पनि ठगिएका थिए तर आज अलिबढी ठगिए । चाडबाडको बेलामा पनि ट्याक्सी व्यवसायीले जनता ठग्न छाडेनन् । सबैलाई टीका लगाउन जानपर्छ भन्ने स्थितिलाई मध्यनजर गरेर ट्याक्सी व्यवसायी यात्रु ठग्नतर्फ उर्लिए ।
अब केही दिनमा दशैं मान्न आफ्नो घर गएकाहरु उपत्यका फर्किदैछन्। उनीहरुलाई आफ्नो कोठा फर्किन पनि ट्याक्सीको आवश्यकता पर्छ । ट्याक्सी व्यवसायीहरुले उनीहरलाई पनि ठग्छन् । ट्याक्सी व्यवसायीले मिटरमा यात्रु बोक्दैन् जनता ठग्छन् । अझ स्थिति यस्तोसम्म छ कि गाउँबाट काठमाडौँ आउन भन्दा ओर्लिएको ठाउँबाट कोठा पुग्न महँगो छ काठमाडौँमा ।
मर्दा र पर्दा नै ट्याक्सी चाहिन्छ । किन कि सार्वजनिक यातायातको भर नै हुदैन् । यत्रो जनसंख्या भएको ठाँउमा ट्याक्सीको जम्मा संख्या छ नौ हजार । ट्याक्सीमा करिब तिन दशकदेखि सिण्डिकेट कायमै छ । ट्याक्सी व्यवसायीह? जसरी हुन्छ नँया ट्याक्सीको दर्ता रोक्ने तयारीमा बसेको छन् । ट्याक्सीवालाहरु सेवा दिन तयार छैनन् । पैसा भने आफ्नो हिसाबले लिएको छन् तर सेवासुविधा भने शुन्य छ । पैसा तिरे अनुसारको फ्यासिलटी पनि हुनुपप्यो । मँहगो भाँडा लिएर जनता ठगेको छन् अनि तिनीह?लाई यसले पनि अपुग भएको छ । अहिले भएको भाडाभन्दा सस्तोमा ट्याक्सी किनेर चलाउछु, राज्यलाई राजस्व तिर्छु, आफ्नै देशमा स्वरोजगार बन्छु, मिटरमा यात्रु बोक्छु, प्रत्येक किमि २५ मा यात्रुलाई यात्रा गराउछु भन्दा पनि जनताले पाएका छैनन् । कारण के त ? बुझ्न गाह्रो छैन भन्दा ट्याक्सी व्यवसायी र यातायात व्यवस्था विभागको गहिरो सम्बन्ध । सम्बन्धभित्रको पैसाको चलखेल ! ट्याक्सी व्यवसायीको ठगी र दादागिरीमा जनताले पनि आवाज उठाउने हो कि ?
त्यसैले सरकार मलाई भन्नुछ- ट्याक्सीवालाहरु किन यति छाडा ? गाउँबाट काठमाडौँ आउँदा भन्दा ओर्लिएर कोठा पुग्न डबल भाडा ?’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्