Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको निर्देशनपछि सेयर बजारमा हरीयाली, ‘हिजोको बिन्दुनै अन्तिम तल्लो बिन्दु हुन सक्छ’

अर्थ सरोकार

काठमाडौं । राष्ट्र बैंकको निर्देशन पछि सेयर बजारमा हरीयाली छाएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६०.५६ अंकले बढेर २५७१.६६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २१७ कम्पनीको ६१ लाख १ हजार ४१४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६७ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ९ करोड ४८ लाख ५ हजार ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।

यता सेयर विश्लेषकले भने सेयर बजारमा मंगलबारको बिन्दुनै अन्तिम तल्लो बिन्दु हुने बताएका छन् । बैंकहरुले आफु खुशी नियम विपरित ब्याज बढाउँदा लगानीकर्ताहरु आत्तिएपछि सेयर बजारमा ७७.३३ अंकको गिरावट आएको थियो तर राष्ट्र बैंकले मंगलबारनै बैंकहरुको ब्याजदरमा कडाइ गरेको सर्कुलर जारी गरेपछि बुधबार बजारमा सकारात्मक प्रभाव परेको छ । जससंगै विश्लेषकले मंगलबारको बिन्दुनै अन्तिम तल्लो बिन्दु हुन सक्ने बताएका हुन् ।

यस्तै बुधबारको सेयर बजारमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको हो । एभरेष्टको सेयरमा यस्तो गिरावट आउँदा एनआईबिएल  प्रगति फण्ड, मिथिला लघुवित्त वित्तीय संस्था,  एनआईसी  एशिया  लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस्  बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
यसैगरी बुधबारको सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनी, आखु खोला जलविद्युत कम्पनी र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुमा पोजेटिभ सर्किट लागेको हो ।  यस अलावा सीईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेशनल हाईड्रोपावर, युनाईटेड मोदी  हाईड्रोपावर, मेरो माईक्रोफाइनान्स वित्तीय संस्था, अरुण भ्याली हाईड्रोपावर, आईसिएफसि फाइनान्स, नेपाल  फाइनान्सलगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूची :
यसैबीच बुधबारको बजारमा  सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ९ करोड ४८ लाख ५  हजार ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, अरुण भ्याली हाईड्रोपावर कम्पनी, अपि पावर कम्पनी, नेशनल हाईड्रोपावर, सिद्वार्थ बैंक, सीईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, आईसिएफसि फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK