काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ५५.९३ अंकले घटेर २५७७.४९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ११करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको १५ करोड ६ हजार १६ हजार २२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यसैगरी आइतबारको सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा स्वाभिमान लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, प्रिमियर इन्स्योरेन्स, माउन्टेन इनर्जी नेपालका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूची :

यस्तै आइतबारको सेयर बजारमा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र रेर्याङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले ले घटेको छ । गुहेश्वरी र रेर्याङको सेयरमा यस्तो गिरावट आउँदा माउन्टेन हाईडोे नेपाल, छ्याङ्दी हाइड्रोपावर, यूनाईटेड मोदी हाइड्रोपावर, युनियन हाइड्रोपावर लगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूची :

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको १५ करोड ६ हजार १६ हजार २२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, यूनाईटेड मोदी हाइड्रोपावर, नेपाल बैंक, सानिमा माई हाइड्रोपावर, नबिल बैंक, एनआईसी एशिया बैंकको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूची :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्