काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार यूनाईटेड मोदी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १२ करोड १२ हजार १६ हजार ७७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ४ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यसैगरी सोमबारको सेयर बजारमा आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मैलुङ खोला जलविद्युत कम्पनी, सर्पोट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूची :

यस्तै सोमबारको सेयर बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । मनकामनाको सेयरमा यस्तो गिरावट आउँदा दिव्यश्वरी हाइड्रोपावर कम्पनी, राधी विद्युत कम्पनी, माउन्टेन हाइड्रो नेपाल, न्याग्दी ग्रुप पावर, सानिमा माई हाइड्रोपावर कम्पनी लगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूची :

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार यूनाईटेड मोदी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १२ करोड १२ हजार १६ हजार ७७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल बैंक, हिमालयन डिस्टिलरी, नेशनल हाइड्रोपावर कम्पनी, रेर्याङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण भ्यालि हाइड्रोपावर कम्पनी, नबिल बैंक, एनआईसी एशिया बैंक, प्राईम बैंक, अपि पावर कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूची :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्