Skip to content
LAXMI SUNRISE BANK

नेप्से परिसूचक घट्दा पनि मेरो माईक्रोफाइनान्समा पोजेटिभ सर्किट, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६३ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सानिमा बैंकको भएको छ । यस कम्पनीको २७ करोड १२ लाख ९७ हजार ६०९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज २ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यसैगरी बिहिबारको सेयर बजारमा मेरो माईक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सिटिजन्स म्युचअल फण्ड-२, आईसिएफसि फाइनान्स, सनराईज ब्लुचिप फण्ड, एनआइबिएल प्रगति फण्ड, सिद्धार्थ बैंकलगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले सेयर मूल्य घटेको हो । जोशीको सेयरमा यस्तो गिरावट आउँदा गुडविल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक, रेर्याङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिभ श्री हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, फस्र्ट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स, सपोर्ट लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार सानिमा बैंकको भएको छ । यस कम्पनीको २७ करोड १२ लाख ९७ हजार ६०९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा माछापुच्छ्रे बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, युनाईटेड मोदी हाईड्रोपावर, मेरो माईक्रोफाइनान्स वित्तीय संस्था, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाईड्रोपावर कम्पनी, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, अपि पावर कम्पनीको पनिअत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK