×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूनाईटेड इन्स्योरेन्स र चन्द्रागिरी हिल्ससहित अन्य ६ कम्पनीमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ कार्तिक २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

यूनाईटेड इन्स्योरेन्स र चन्द्रागिरी हिल्ससहित अन्य ६ कम्पनीमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८२ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । यस कम्पनीको ३१ करोड ५७ लाख १५ हजार २७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज १ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।

यसैगरी आइतबारको सेयर बजारमा यूनाईटेड इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, सामुदायिक लघुवित्त, हिमालय उर्जा विकास कम्पनी, लुम्बिनी विकास बैंक, पाँचथर पावर कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्य पोजेटिभ सर्किट लागेको हो । यस अलावा साहस उर्जा, रेर्याङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, कामना सेवा विकास बैंक, सानिमा माई हाईड्रोपावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः 

यस्तै आइतबारको सेयर बजारमा एभरेष्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो । एभरेष्ट बैंकको प्रमोटर सेयरमा यस्तो गिरावट आउँदा एभरेष्ट बैंकको प्रिफियन्स सेयर, बेष्ट फाइनान्सलगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । यस कम्पनीको ३१ करोड ५७ लाख १५ हजार २७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, हिमालयन डिस्टिलरी, अपि पावर, एनआइसी एशिया बैंक, महालक्षमी विकास बैंक, अरुण भ्याली हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: