×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबारको बजार अपडेट : महालक्ष्मी र रेर्याङमा लगानी गर्नेले सर्वाधिक गुमाए, यी १० कम्पनीका लगानीकर्ता बने निराश !

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २३.१९ अंकले घटेर २६३९.३७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २१९ कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६३ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको १७ करोड १३ लाख ८५ हजार ३१८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज २ उप-समूह बाहेकका सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यस्तै सोमबारको सेयर बजारमा महालक्ष्मी विकास बैंक र रेर्याङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको हो । महालक्ष्मी र रेर्याङको सेयरमा यस्तो गिरावट आउँदा मल्टीपर्पस फाइनान्स, माउन्टेन हाईड्रो नेपाल, अरुण भ्याली हाईड्रोपावर, सिभिल लघुवित्त वित्तीय संस्था, सिंगटी हाइड्रोपावरलगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूची  :

यसैगरी सोमबारको सेयर बजारमा ग्लोबल आईएमई समुन्नती स्किम १ का लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस अलावा सानिमा लाइफ इन्स्योरेन्स, निफ्रा, कुमारी इक्वीटी फण्ड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रमोटर सेयर, हिमालयन डिस्टिलरीलगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूची :

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको १७ करोड १३ लाख ८५ हजार ३१८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंक, निफ्रा, नेपाल बैंक, सानिमा बैंक, जीवन विकास लघुवित्त, शिखर इन्स्योरेन्स, अरुण भ्याली हाईड्रोपावर, ग्लोबल आईएमई बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूची :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: