Skip to content
LAXMI SUNRISE BANK

मंगलबारको बजार अपडेट : नेपाल र नेशनलमा लगानी गर्नेले सर्वाधिक गुमाए, यी कम्पनीका लगानीकर्ता बने निराश !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ७७.३३ अंकले घटेर २५१०.७३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२१ कम्पनीको ९५ लाख ७५ हजार ६०१ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७८ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ११ करोड १२ लाख ९५ हजार ५४३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।

यस्तै मंगलबारको सेयर बजारमा नेपाल हाईड्रो डेप्लोपर्स र नेशनल हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो । नेपाल र नेशनलको सेयरमा यस्तो गिरावट आउँदा अरुण भ्याली हाईड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनी, पोखरा फाइनान्स, लिबर्टी इनर्जी कम्पनी, चिलिमे हाईड्रोपावर कम्पनी, पांचथर पावर कम्पनी, पञ्चकन्या माई हाईड्रोपावर कम्पनी, आईसिएफसि फनइनान्सलगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ११ करोड १२ लाख ९५ हजार ५४३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनसीसी बैंकको प्रमोटर सेयर, अपि पावर कम्पनी, नेशनल हाईड्रोपावर, हिमालयन डिस्टिलरी, एनआइसी एशिया बैंक, अरुण भ्याली हाईड्रोपावर, सानिमा बैंक, रेर्याङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मेगा बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा मानुसी लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल, मेरो माईक्रोफाइनान्स वित्तीय संस्थालगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूची:

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK