×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बजार बढेका बेलामा पनि मेरो माईक्रोफाइनान्स वित्तीय संस्थामा नेगेटिभ सर्किट, यी कम्पनीले पनि सर्वाधिक गुमाए…

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक २७.५१ अंकले बढेर २५८४.५२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२५ कम्पनीको ५८ लाख १८ हजार ०२५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७७ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार आईसिएफसि फाइनान्सको भएको छ । यस कम्पनीको १५ करोड ९१ लाख ८६ हजार ६०५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज १ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।

यस्तै आइतबारको सेयर बजारमा मेरो माईक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य नेगेटिभ सर्किट लागेको हो । मेरो माईक्रोफाइनान्सको सेयरमा यस्तो गिरावट आउँदा सानिमा बैंक, रु रु जलविद्युत परियोजना, कर्णाली डेभलपमेन्ट बैंक, आरबिबि म्युचअल फण्ड-१ लगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार आईसिएफसि फाइनान्सको भएको छ । यस कम्पनीको १५ करोड ९१ लाख ८६ हजार ६०५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, अरुण भ्याली हाईड्रोपावर कम्पनी, युनाइटेड मोदी हाईड्रोपावर, नबिल बैंक, अपि पावर कम्पनी, सिद्धार्थ बैंक, रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल बैंक, सानिमा बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा बेष्ट फाइनान्स र रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा रिलायन्स फाइनान्स, बरुण हाईड्रोपावर, युनाइटेड मोदी हाईड्रोपावर, मानुषि लघुवित्त वित्तीय संस्था, सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था, महालक्ष्मी विकास बैंक, नेपाल फाइनान्स, नेपाल टेलिकमलगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: