×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मंगलबारको सेयर बजार : बजार बढेका बेलामा पनि एनआईसीमा नेगेटिभ सर्किट, यी कम्पनीले पनि सर्वाधिक गुमाए…

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९९ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिखर इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज १ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।

यस्तै मंगलबारको सेयर बजारमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । एनआईसीको सेयरमा नेगेटिभ सर्किट लाग्दा रिलायन्स लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी नेपाल, साल्ट ट्रेडिङ कर्पोरेसन, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूची :

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार शिखर इन्स्यनेरेन्स कम्पनीको भएको छ । यस कम्पनीको १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा मेरो माइक्रोफाइनान्स वित्तीय सस्था, हिमालयन डिस्टिलरी, सिटिजन्स बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नबिल बैंक, सानिमा बैंक, नेपाल पुनर्बिमा कम्पनी, अपि पावर कम्पनी, नेपाल बैंकको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूची :

यसैगरी मंगलबारको सेयर बजारमा मल्टीपर्पज फाइनान्स कम्पनी, हिमालयन पावर पाटनर र समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेका हुन् । यस अलावा मैलुङ खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर, जनउत्थान लघुवित्त वित्तीय संस्था, सिंगटी हाईड्रो इनर्जीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूची :

यसअघिको समाचार शीर्षकमा नेगेटिभ सर्किट हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । – सम्पादक

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: