काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १८.०६ अंकले बढेर २७६९.१३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६१ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ४३ करोड १९ लाख ३१ हजार ५३३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ४ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।
यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ४३ करोड १९ लाख ३१ हजार ५३३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा आईसिएफसि फाइनान्स, एनआइसी एशिया बैंक, अरुण भ्याली हाईड्रोपावर कम्पनी, बेष्ट फाइनान्स, अपि पावर कम्पनी, यूनाइटेड मोदी हाईड्रोपावर, अरुण काबेली पावर, नेशनल हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, आरएमडिसि लघुवित्त वित्तीय संस्थाको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा बेष्ट फाइनान्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट फाइनान्स एण्ड बैंकिङ, मानसी लघुवित्त वित्तीय संस्था, गुराँस लाईफ इन्स्योरेन्स, एभरेष्ट बैंकको प्रमोटर सेयर, लुम्बिनी जनरल इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंकलगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा एभरेष्ट बैंकको प्रिफियन्स सेयरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । एभरेष्टको प्रिफियन्स सेयमा यस्तो गिरावट आउँदा रेर्याङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, सिंगटी हाईड्रो इनर्जी, हिमालयन पावर पाटर्नर, सानिमा लार्ज क्याप फण्ड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्