×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिहिबारको बजार अपडेट : यी हुन् बिहिबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२२ कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३९ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावरको भएको छ । यस कम्पनीको २९ करोड १९ लाख ५ हजार ३१६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ६ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।
यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावरको भएको छ । यस कम्पनीको २९ करोड १९ लाख ५ हजार ३१६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, जीवन विकास लघुवित्त, एनआइसी एशिया बैंक, युनाइटेड हाइड्रोपावर, स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, अपि पावर, रिडी हाइड्रोपाव र आरएमडिसी लघुवित्तको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
  
यसैगरी बिहिबारको सेयर बजारमा रिडी हाइड्रोपावका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस अलावा मनकामना स्मार्ट लघुवित्त, हिमालयन पावर पार्टनर, जीवन विकास लघुवित्त, ग्रामिण विकास लघुवित्त, कामना सेवा विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
यस्तै बिहिबारको सेयर बजारमा एभरेष्ट बैंकको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको हो । एभरेष्ट बैंकको प्रमोटर सेयरमा यस्तो गिरावट आउँदा एनएमबि हाइब्रिड फण्ड एल १, गुराँस लाइफ इन्स्योरेन्सलगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: