×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटकको आगमन भएपनि सन्तोषजनक रूपमा बढ्न सकेन, प्रवद्र्धन अभियानमा निकुञ्ज

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पर्यटकको आगमन भएपनि सन्तोषजनक रूपमा बढ्न सकेन, प्रवद्र्धन अभियानमा निकुञ्ज

Artha Sarokar

१४ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बाँके । बाँके राष्ट्रिय निकुञ्ज पर्यटन प्रवद्र्धन अभियानमा जुटेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको यो निकुञ्जमा पर्यटकको आगमन भए पनि सन्तोषजनकरूपमा बढ्न नसकेकाले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि आवश्यक गतिविधि सञ्चालन भइरहेका छन् । बैजनाथ गाउँपालिकाको गाभर भ्याली सामुदायिक घरबास र कोहलपुर नगरपालिकाको खड्कवार घरबासमा घुम्न आउने पर्यटकलाई निकुञ्जमा ल्याउन आवश्यक समन्वय र सहकार्य भइरहेको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा घुम्नका लागि पैदलमार्ग, हात्ती सफारी, बास बस्नका लागि घरबास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार अवस्थामा छन् । पाटेबाघको बासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको मुलुककै सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा छ । कोहलपुर नगरपालिका-१३ का वडाध्यक्ष ओमप्रकाश ओलीले निकुञ्ज पर्यापर्यटनको प्रभावकारी गन्तव्य भएको बताउनुभयो । उहाँले वडा कार्यालयले बाँके निकुञ्जमा पर्यटन प्रवद्र्धनसँगै १३ नंं वडालाई हरित वडाका रूपमा अगाडि बढाइएको बताउनुभयो । बाँके निकुञ्जसँग जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि वर्षेनी बढ्दै गए पनि स्थापनाको एकदशकसम्म पनि बाँके निकुञ्जमा पर्यटन प्रवद्र्धनका कार्यक्रम प्रभावकारी हुन नसकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारीदिनुभयो ।

निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चिनाउन आफूहरू लागिपरेको जनाउँदै उहाँले भन्नुभयो, ‘निकुञ्जभित्र आवश्यक संरचना निर्माण भइसकेको अवस्थामा अब यहाँ धेरैभन्दा धेरै पर्यटकलाई पाटेबाघलगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउन हामी आह्वान गरिरहेका छौंँ ।’आर्थिक वर्ष २०७७/७८ सम्म जम्मा ८९९ पर्यटक निकुञ्जमा पुगेका छन् । ती पर्यटकमध्ये पनि ८६५ जना नेपाली पर्यटक नै छन् । दश वर्षमा २० जना सार्क देशका पर्यटक आएका छन् भने अन्य मुलुकका मात्र १४ पर्यटक निकुञ्ज पुगेका छन् । बाँके, दाङ र सल्यानसम्म फैलिएको यो निकुञ्ज स्थापना हुँदा चारमा सीमित पाटेबाघ अहिले २१ पुगेको छ । अहिले त्यो सङ्ख्या बढेको हुनसक्ने निकुञ्जको अनुमान छ । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी