×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारमा ४० बर्ष बढीको अनुभव लिएका टिब्रेवालको टिप्स -‘यसरी लगानी गरे बजारमा पैसा डुब्दैन…'(भिडियो)

निरन्जन टिब्रेवाल । सेयर बजारमा उनी होमिएको नै झन्डै ४० बर्ष भईसकेको छ । यो बीचमा उनले लगानी गरेका कतिपय कम्पनी डुबे, कति भागे । कतिमा उनले मनग्य कमाए, कतिमा उनले नमज्जासँग गुमाए । सेयर बजारमा तिब्र उतारचढावसँगै उनले यहि बजारमा ४० बर्षमा थुप्रै अनुभव बटुलीसकेका छन् । र त उनलाई खोज्दै हामी उनको घरसम्म पुगेका छौं ।

अर्थ सरोकारको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा उनले के गरे लगानीकर्ताहरुले फाइदा कमाउन सक्छन् र के गरे उनीहरु डुब्ने सम्भावना हुन्छ भन्ने तथ्य केलाएका छन् । कार्यक्रममा उनले लगानीकर्ताले ख्याल गर्नुपर्ने कुराहरु र लगानीकर्ताहरुले गरिरहने गल्तीका बारेमा पनि बोलेका छन् । समग्रमा कार्यक्रममा उनले आफ्नो अनुभवको फेहरिस्त सुनाएका छन् ।

आफु डुबेकोदेखि उक्सिएको घटनाका उदाहरण दिंदै उनले लगानीकर्ताहरु सचेत हुनुपर्ने ठाउँहरुसमेत औंल्याईदिएका छन् । प्रस्तुत छ- अर्थ सरोकार डटकमले तयार गरेको यो कार्यक्रम जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: