×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कान्डै काण्डको ‘अखडा’ अभियान लघुवित्तमा फेरी अर्को ‘लफडा’ : शाखामा घोटाला भएपछी केन्द्रमा झगडा (गोप्य अडियोसहित)

काठमाडौँ । केहि समय अगाडी अभियान लघुवित्त वित्तीय संस्थामा डेपुटी सीइओले ज्यादती गरेको भन्दै थुप्रै कर्मचारीहरुले सामुहिक राजीनामा दिएको प्रकरण अर्थ सरोकारले सार्वजनिक गरेको थियो । जसमा संस्थाका डेपुटी सीइओले मनपरी शैलीमा काम गरेपछि रुष्ट भएका कर्मचारीहरुले सामुहिक राजीनामा दिएका थिए । पछी संस्थाले यो प्रकरणलाई सामसुम पार्यो र कर्मचारीहरुलाई राजिनामा फिर्ता गर्न लगायो । तर अहिले पनि कतिपय कर्मचारीहरु कुन बेला डेपुटी सीइओको रिसको झोंकमा परिने हो भन्ने तनावमा छन् ।
यसैबीच संस्थामा व्यापक आर्थिक हिनामिना हुने गरेको र एउटाले गरेको गल्तीका कारण अर्कोले समस्या भोग्नुपरेको तथ्य फेला परेको छ । अर्थ सरोकारले प्राप्त गरेको अडियो रेकर्डमा एक कर्मचारीले गरेको आर्थिक अनियमितताका कारण सो शाखाका शाखा प्रबन्धक अन्यत्र संस्थामा जान खोज्दा उनलाई रिलिज लेटर नै नदिएर दुख दिएको खुलासा भएको छ ।
रेकर्डमा संस्थाका शाखा प्रबन्धकले आफुले गर्दै नगरेको गल्तीको सजाय आफुलाई दिन खोजेर आफ्नो अर्को संस्थामा काम गर्ने अधिकारसमेत खोस्न खोजिएको बताएका छन् । संस्थाका सीइओ र कर्मचारीबीच भएको सो कुराकानीमा एकातर्फ संस्थाले जागिर छोड्न खोज्ने कर्मचारीहरुलाई कतिसम्म पेल्न खोज्छ भन्ने तथ्यको खुलासा भएको छ भने अर्कोतर्फ संस्थाभित्र कुन हदसम्मको आर्थिक अनियमितता छ भन्ने पनि प्रष्ट हुन्छ ।
संस्थामा प्रमोद कुमार यादवले हदैसम्मको आर्थिक अनियमितता गरेका थिए । तर यो तथ्य बाहिर आउनु अघि नै जागिर छोडीसकेका शाखा प्रबन्धकलाई सो अनियमितता सेटल नभएसम्म उनका ब्रान्च मेनेजरको रिलिज नदिने भन्दै संस्थाले बदनियत बोकेर कर्मचारीलाई दुख दिने गरेको कर्मचारीहरुको आरोप छ ।
यो रेकर्ड अनुसार त्यहाँका एक कर्मचारीले ९ लाख रुपैयाँ हिनामिना गरेको बताइएको छ । एउटा सानो शाखामा नै कर्मचारीले ९ लाख हिनामिना गरेको छ र त्यसको जानकारी व्यवस्थापनलेसमेत निकै पछी मात्र थाहा पाएको छ भने संस्थामा अरु के के हुन सक्ला भन्नेसमेत आशंका गर्ने ठाउँ छ ।  हेर्नुहोस् भिडियो :

 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: