×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘किमाथाङ्का नाकालाई व्यवस्थित गरिन्छ, अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको ढोका खुल्छ’: अर्थमन्त्री शर्मा

PRIME CA
GLOBAL IME BANK

‘किमाथाङ्का नाकालाई व्यवस्थित गरिन्छ, अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको ढोका खुल्छ’: अर्थमन्त्री शर्मा

१७ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

खाँदवारी । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर संचालन गरिने बताएका छन् । प्रेस सेन्टर संखुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा शर्मालेअरुण करिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताएका हुन् । अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको ढोका खुल्ने विश्वास उनले व्यक्त गरे । संखुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेको भन्दै मन्त्री शर्माले त्यसको उपयोगबाट जिल्लालाई धनी बनाउन मद्दत पुग्ने बताए । त्यस्तै अर्को एक कार्यक्रममा उनले अरुण नदीबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउने विश्वास व्यक्त गरे ।

अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने र अर्थतन्त्र मजबुद बनाउन सहयोग पुग्ने उनको भनाइ छ । ‘अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दै छ’, मन्त्री शर्माले भने । व्यापार घाटा कम गर्न सक्ने स्रोत-साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने प्रतिबद्धता मन्त्री शर्माले जनाएका छन् । अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको उनको भनाइ थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: