विराटनगर । पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । यस सँगै कफी पारखीहरु माझ छुटै परिचय बनाउन सफल रेडमड कफीले विराटनगरमा आफ्नो १०औं आउटलेट विस्तार गरेको छ । विराटनगर को रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालनमा आएको हो ।
सन् २०१२ बाट थापाथली बाट सुरुवात भएको रेडमड कफीले मनाङ देखी पश्चिममा धनगढी हुँदै पूर्वमा विराटनगरसम्म आफ्नो सेवा प्रदान गर्न सफल भएको छ । अहिले काठमाडौंको नयाँ बानेश्वर, दरबारमार्ग, डिल्लीबजार, एकान्तकुना, गैरीधारा, झम्सिखेल, थापाथलीमा रेडमड कफी सञ्चालनमा आइरहेको छ । यससँगै रेडमड कफीले अब चाडै नै अन्य ठाउँमा पनि आउटलेट खोल्ने तयारी गरेको सञ्चालक प्रवेश हुमागाईँले बताएका छन् ।
साथै रेडमड कफीसँग सहकार्य गर्न चाहने व्यक्तिले फ्रेन्चाइजका लागि कार्यालयमा सम्पर्क गर्न सक्ने पनि बताए । विशेष गरी कफी पारखीको लागी शान्त वातावरणमा साथी भाइसँग जमघट अथवा कुनै पनि अफिसियल मिटिङका लागि उचित स्थान भएकोले पनि रेडमड कफी युवा पुस्तामाझ पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्