×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेन्चुरी कर्मसियल बैंकमा ग्राहकको पैसा यसरी चोरियो, कर्मचारी जेल चलान, ग्राहकलाईसमेत यसरी फसाइयो…

काठमाडौँ । ग्राहकको किर्ते हस्ताक्षर गरी ग्राहकको खाताबाट रकम निकालेको अभियोगमा पक्राउ परेका सेन्चुरी कमर्सियल बैंक लिमिटेडका कर्मचारी जेल चलान भएका छन् । पार्वती बिष्टको खातामा रहेको रकम किर्ते हस्ताक्षर गरी विभिन्न समयमा गरेर २७ लाख रुपैयाँ झिकेका केशब राईलाई अदालतको आदेश अनुसार पुर्पक्षका लागि जेल चलान गरिएको हो । केहि समय अगाडी उनलाई प्रहरीले इटहरी ४ स्थत तुलसा टोलबाट पक्राउ गरेको थियो । घटनाको तथ्य बाहिर आएपछि बर्खास्तीमा परेका उनी त्यसपछी फरार थिए । ३३ वर्षीय राईले सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतराको सहायक पदमा कार्यरत हुँदा ग्राहकको पैसा निकाली अपचलन गरेका थिए ।

यसरी खुल्यो घटनाको पोल…

पार्वती बिष्टको खातामा रहेको रकम किर्ते हस्ताक्षर गरी विभिन्न समयमा लाखौँ रकम चोरी गरेको पुष्टी भएपछी उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । उजुरीपछि उच्च अदालत बिराटनगरले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । तर पक्राउ पूर्जी जारी भएपछी उनी फरार थिए । तर यो प्रकरणमा बैंकका कर्मचारीका साथी पनि फसेका छन्  । बैंकका कर्मचारी राईले सुनसरीको बराह क्षेत्र नगरपालिकामा बस्ने पंकज न्यौपानेको सोझोपनको फाइदा उठाउँदा उनी पनि यो प्रकरणमा फसेका हुन्  । प्रहरीले न्यौपानेलाई समेत हिरासतमा लिएर अनुसन्धान गरेको थियो  । उनलाई अहिले अदालतले तारेखमा रिहा गर्ने आदेश दिएको छ ।
सेन्चुरी कमर्सियल बैंकमा खाता रहेका न्यौपानेको राईसँग चिनजान थियो । राईले ‘मेरो विदेशबाट पैसा आउँछ, म यहींको कर्मचारी भएकाले मेरोमा हाल्न नमिल्ने भयो, तिम्रोमा हाल्नुपर्यो भन्दै’ न्यौपानेको विवरण र चेक मागे र सो चेकमा हस्ताक्षर गर्न लगाए  । यसैबीच बैंकको चतरा शाखामै खाता रहेको पार्वती विष्टको खाताबाट राईले पैसा चोरे । उनले विष्टको खातामा रहेको पैसा किर्ते हस्ताक्षर गर्न लगाएर न्यौपानेको खातामा हाले । न्यौपानेको चेक पनि हस्ताक्षरसहित लिइसकेका उनले उनको खाताबाट पैसा झिके र चलाए  । तर खाता न्यौपानेको पनि प्रयोग भएकाले न्यौपाने पनि यो प्रकरणमा फसे  ।  अपराधी मानसिकता बोकेर काम गरिरहेका राईले विष्टको खातामा जम्मा भएको लाखौँ रुपैयाँ पंकजको खातामा जम्मा गरी पंकजको चेकमार्फत निकालेका थिए । पंकज न्यौपानेले अर्थ सरोकारसँगको कुराकानीमा आफुलाई कतिखेर पैसा आयो र कतिखेर निकालियोभन्नेसमेत थाहा नभएको बताए  । ‘मलाई त पैसा आएको पनि थाहा छैन  । झिकिएको पनि थाहा छैन  । सबै राईले बदमासी गरेछ  ।’ आफ्नो खातामा जम्मा भएको पैसा निकाल्न बैंक पुगेकी विष्टले खातामा पैसा नभएपछी प्रहरीमा उजुरी गरेकी थिइन्  । उनको उजुरीका आधारमा बैंकका कर्मचारी राई र यो प्रकरणमा फसेका न्यौपानेलाई प्रहरीले पक्राउ गर्यो  । प्रहरीले अनुसन्धान गरी अदालतमा दुबैलाई बुझाएपछि अदालतले न्यौपानेलाई रिहा गर्यो भने राईलाई जेल चलान गर्ने आदेश दियो  ।
के भन्छ बैंक ?
सेन्चुरी बैङ्क चतरा शाखाका शाखा प्रबन्धक तीर्थमणि काफ्लेले कर्मचारीको बदमासी स्वीकारेका छन् । ‘केशब राईको बदमासीका कारण एउटा सोझो मान्छे फसेको छ । हामीले पंकजलाई नजिकबाट चिन्छौं र यो घटनामा उनी उनको चेक प्रयोग भएका कारणमात्र फसेका हुन् । हामीले प्रहरीलाई पनि सबै गलत काम गर्ने राईमात्र हुन् भनेर बताईसकेका छौं । त्यहि अनुसार नै अदालतले पनि राईलाई जेल पठाएको छ भने पंकजलाई रिहा गरेको छ । थप अनुसन्धान त प्रहरीले गरेकै होला ।’ उनले भने ।  यता यस प्रकरणमा राईले पनि सबै गल्ती आफ्नो भएको स्वीकारीसकेका छन् । तर उनलाई यस्तो काम गर्न हेड अफिसकै एक उच्च तहका कर्मचारीले सिकाएको भन्ने चर्चा पनि छ । यस विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ । बैंकले भने यस प्रकरण अनुसन्धानकै क्रममा रहेकाले थप नबोल्ने बताईरहेको छ ।
(यस विषयमा तयार गरिएको विशेष भिडियो सामाग्री अर्को अंकमा प्रस्तुत गर्नेछौं ।)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: