काठमाडौँ । सानो देश भएकै कारण नेपाललाई चिनियाँ कुटनीतिले मात्र होइन चिनियाँ ठेकेदारहरुले पनि हेप्ने गरेका छन् । यतिसम्म कि चिनियाँहरुले काम लिने तर काम नसक्काउने, ढिला गर्ने, आफु अनुकुलमात्र गर्ने, आफुले भने अनुसार भए गर्ने नत्र नगर्ने लगायतका काम गरेका थुप्रै उदाहरण छन् । त्यसैको पछिल्लो उदाहरण हो- चक्रपथ विस्तारको काम । चिनियाँ प्राविधिक टोलीले ३ बर्षसम्म पनि चक्रपथ दोश्रो खण्डको विस्तारको प्रारम्भिक इन्जिनियरिङ डिजाइन नपठाउँदा नेपालमा काम मात्र रोकिएको छैन, यसैकारण काठमाडौँका जनताले हैरानीसमेत खेप्नुपरेको छ । चक्रपथ विस्तार सुरु गरेको तीन वर्षमा पनि खासै प्रगति नभएको यो सडक खण्ड निर्माणमा नेपाल सरकारका तर्फबाट गरिनुपर्ने सबै काम सकिए पनि चीनियाँ पक्षले वेवास्ता गर्दा काम अगाडी बढ्न सकेको छैन ।

हाम्रो काम सकिसक्यो : नेपाली पक्ष
चक्रपथ विस्तार आयोजनाका प्रमुख कुवेर नेपालीका अनुसार यसमा नेपाली पक्षको काम सबै सकिएको छ । तर चिनियाँ पक्षले डिजाइन नपठाउंदा काम रोकिएको चाह चक्रपथ विस्तार आयोजनाका प्रमुख कुवेर नेपालीको दाबी छ । तर चिनियाँ पक्षले कामप्रति खासै वास्ता नगरेको उनको तर्क छ । ‘एक महिना अघि चिनियाँ पक्षले साइट क्लियरेन्सबारे सोधेको थियो । हामीले सबै साइट क्लियर भएको जानकारी गराईसकेका छौं । केहि समस्या भएका ठाउँमा नेपाल सरकारले ती खण्डको काम आफैं बनाउँछ । तर यसका लागि डिटेल डिजाइन आवश्यक पर्छ । तर चिनियाँ पक्षले त्यो डिजाइन पनि पठाएको छैन । जसका कारण समस्या आएको छ । तर यसमा चिनियाँ पक्षले खासै चासो दिएको छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै आयोजनाका प्रमुख नेपालीले भने-‘ केहि ठाउँमा मुआब्जा बढी तिर्नुपर्ने समस्या छ भने स्वयम्भुमा स्तुप् नै भकाउनुपरने अवस्था छ । यसबाहेक खासै कुनै समस्या छैन । तर चिनियाँ पक्षले अव काम सुरु गर्दा कुनै पनि समस्या छैन । तर स्वयम्भुको स्तुप भत्काउनुपर्ने अडानपछी काम रोकिएको छ ।
३ वर्षसम्म पनि भएन डिजाइन, चिनियाँ रटान एकोहोरो…
चिनियाँ पक्षले यतिसम्म मनपरी गरेको छ कि, ३ बर्षसम्म पनि उसले डिजाइन पूरा नगरेर काम रोकेको छ । प्रारम्भिक डिजाइन पठाउनुको सट्टा चिनियाँ पक्षले नेपालमा साइट क्लियरेन्सको सबै काम सक्नुपर्ने अडान लिएको छ । तर आयोजनाका प्रमुख नेपालीका अनुसार अव नेपाल आएर चिनियाँ पक्षलाई काम गर्न कुनै पनि समस्या छैन । यस विषयमा तालुक मन्त्रालयले चिनियाँ दुतावासलाई जानकारी गराईसकेको छ । साइट क्लियरेन्स अन्तर्गत रुख कटान, खानेपानीको पाइपलाईन व्यवस्थापन लगायतका काम लगभग सकीइसकेको छ । तर यस विषयमा कुनै पनि चासो चिनियाँ पक्षले लिएको छैन ।१०० प्रतिशत क्लियरेन्सको अव्यवहारिक अडान राखेर चिनियाँ पक्षले काम अझाईरहेको छ । यसतर्फ चीनसामु नेपालको कुटनीति पनि धेरै हदसम्म असफल भएको बुझ्न गाह्रो छैन । यसले एकातर्फ नेपाल र चीन बीचको कुटनीतिमा समस्या ल्याएको छ भने अर्कोतर्फ समयमा कम नहुँदा नेपालीहरुले समस्या खेपिरहेका छन् । तर यस्तो अवस्थामा पनि नचाहिदो रटान लिएर चिनियाँ पक्षले मनोमानी गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्