×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक दिने भव्य सेल-११.११ मा ५ करोडको छुट, ११ लाख उत्पादनहरु र ११ भाग्यशाली ग्राहकहरूलाई मोटरसाइकल उपहार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एक दिने भव्य सेल-११.११ मा ५ करोडको छुट, ११ लाख उत्पादनहरु र ११ भाग्यशाली ग्राहकहरूलाई मोटरसाइकल उपहार

Artha Sarokar

१७ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । अलिबाबा समूहको दराज अनलाइन शपीङले काठमाडौं मेरियट होटलमा पत्रकार सम्मेलन गरि वर्षकै सबैभन्दा ठूलो एक दिवसीय सेल–११ लाख उत्पादनहरूमा ५ करोडसम्मको छुट, ११ जनालाई टिभिएस रेडर मोटरसाइकल जित्ने अवसर, र अन्य धेरै अफरका साथ दराज एपमा कार्तिक २५ (नोभेम्बर ११) को दिन सुरु भइ २४ घण्टामा समापन हुने जनाएको छ । दराज प्रयोगकर्ताहरुलाई भव्य सेलमा भव्य मनोरन्जन र धेरै उपहारहरु जित्ने अवसर प्रदान गर्न चर्चित मिडिया व्यक्तित्व सुरज सिंह ठकुरी, मालभिका सुब्बाका र ११ चर्चित सेलिब्रेटीहरू साथ दराजले कार्तिक २४ (नोभेम्बर १०) मा दराज एप मा ११ ११ ग्रान्ड गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने पनि जनाएको छ ।

कार्यक्रममा मुख्य वक्ताका रुपमा दराजका प्रबन्ध निर्देशक लिनो अहलेरिङ, चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल, पेमेन्ट र पार्टनरशिप प्रमुख अरुण फुयाल, र प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदी रहेका थिए भने प्रमुख सञ्चारकर्मी र लोकप्रिय व्यक्तित्वहरूले अतिथिको रूपमा आफ्नो उपस्थिति राखेका थिए । कार्यक्रममा मुख्य वक्ताहरुले अहिलेसम्मकै सबैभन्दा ठूलो ११ ११ आयोजना गराउने दराजको तयारीको बारे जानकारी गराए । ‘विश्वको सबैभन्दा ठूलो एकदिवसीय अभियान सेल ११ ११ फेरी सुरु हुन जाँदै छ । तर हाम्रो सम्पूर्ण टोली र हाम्रो प्लेटफर्ममा रहेका १२,०००+ बिक्रेताहरूले गत वर्षदेखिनै यसको लागी धेरै मेहनत गर्दै आएका छन् । देशको लागी एक कठिन वर्ष पछि, नेपालभरका ग्राहक तथा बिक्रेताहरूसँग यो विशेष दिन साझा गर्न पाउँदा हामी निकैनै खुसी छौं । किनभने उत्कृष्ट डिल, थुप्रै छुट र वर्षकै भव्य मनोरञ्जन अनि उत्कृष्ट ग्राहक अनुभव भनेकोनै ११.११ हो,” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले बताए ।

यसबाहेक ११ ११ अभियानमा रियल मिजीटि नियो टु जीको विशेष लन्चको साथै अन्य विभिन्न कम्पनीका स्मार्टफोन, ट्याब्लेट, साथै फेसन, मोटर, संगीत वाद्ययंत्र, होम डेकोर र इलेक्ट्रोनिक्समा अद्भूत सम्झौताहरू रहेको मुख्य वक्ता चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेलले बताएका छन् । सामसंग, फिलिप्स, रोटो, सिजी डिजीटल, लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डहरूले विशेस छुट दिने जसमध्ये भारतका ४ ब्रान्डहरू वीरेस्टो, जानस्या, मीसा फेशन, र उस्त्राले सीदै भारतबाट डीलीभर गर्ने जानकारी दिये । संगसंगै टिभीएस, कोका कोला र सन्सिल्क ११ ११ का विशेष साझेदारहरू रहेको पनि रहेको पनि उनले बताए । ‘यो वर्षको मेगा गिभअवे सबैभन्दा भव्य हुनेछ । हामी हाम्रा विशेष साझेदार टिभीएससँग मिलि ११ भाग्यशाली ग्राहकहरूलाई टिभीएस रेइडर मोटरसाइकल प्रदान गर्दैछौं । हामी यसका लागी धेरै उत्साहित छौँ ।” दराजका पेमेंट र पार्टनरशिपको प्रमुख अरुण फुयालले कार्यक्रममा भने ।

उनले ११.११ का लागी १५ साझेदार बैंकहरुले अनलाइन कार्ड पेमेन्टमा थप १५% छुट दिने जसमा डेबिट कार्डमा अधिकतम रु ३,००० र क्रेडिट कार्डमा अधिकतम रु ३,५०० रहेको जनाए । साथै ई-सेवा र आईएमइ पेले पनि विशेष छुट दिने र यति मात्र नभई, ग्राहकहरुले ४ साझेदार बैंकका क्रेडिट कार्डमार्फत ०% ब्याजमा मासिक किस्ता योजना लियी चाहिएको समान खरीद गर्न सक्ने पनि जानकारी गराए । अभियानको उच्च तीव्रता र कम्पनीको तयारीलाई स्पर्श गर्दै प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदीले भनिन्, “ग्राहक अनुभवमा कुनैै कमी नहोस् भनेर हामीले १,४०० भन्दा बढी नयाँ कर्मचारी सामेल गरेका छौँ जसमध्ये कस्टमर केयर एजेन्टहरु र १००० नयाँ डेलिभरी एजेन्टहरू रहेका छन् । ११.११ भनेको वर्ष भरिको निरन्तर सुधार र सिकाइको परिणति हो, त्यसैले उच्च ग्राहक अनुभव प्रदान गर्न कुनै कसर बाँकी राखेका छैनौँ ।”

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी