×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धौलागिरी लघुवित्त वित्तीय संस्थाको नाफामा १८४३.३३ प्रतिशतको छलाङ, अन्य सूचकको वित्तीय अवस्था कस्तो ?

PRIME CA
GLOBAL IME BANK

धौलागिरी लघुवित्त वित्तीय संस्थाको नाफामा १८४३.३३ प्रतिशतको छलाङ, अन्य सूचकको वित्तीय अवस्था कस्तो ?

२३ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले पहिलो त्रैमाससम्म आईपुग्दा ९७ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यस कम्पनीले ५ लाख ३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । जुन गत वर्षको भन्दा यस वर्षको नाफ १८४३.३३ प्रतिशतले धेरै हो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि २९.०५ प्रतिशतले बढेर २ करोड ३४ लाख पुगेको छ ।

गत वर्ष यस कम्पनीले खुद ब्याज आम्दानी १ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको थियो । गत वर्ष ८ लाख ४१ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ११४०.७८ प्रतिशतले बढाएर १ करोड ४ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीले ५७ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै कम्पनीको रिजर्भ कोषमा ९ करोड ५६ लाख रहेको छ भने खराब कर्जा घटेर २.८७ प्रतिशतमा आएको छ । कम्पनीको हाल चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: