काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव दिनुभएको छ । मंगलबार काठमाडौंमा नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानका लागि बैंकहरु संयम हुन सुझाव दिनुभएको हो ।
उहाँले आफ्नो क्षमता अनुसार मात्रै कर्जा लगानी गर्न भनेको स्मरण गर्नुभयो । उहाँले कोभिड पछाडि अर्थतन्त्रको पुनरुत्थानले गति लिएको कारण पनि समस्या देखिएको धारणा राख्नुभयो । गभर्नर अधिकारीले उत्पादनशिल गर्ने क्षेत्रमा कर्जा प्रवाह गर्दा मुलुकको अर्थतन्त्रमा सहयोग गर्ने बताउनुभयो । संघले नयाँ कार्यसमिति चयन गरेको छ ।
वर्तमान अध्यक्ष भुव कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन हुनुभएको छ । संघको सदस्यमा लक्ष्मी बैंकका अजयकुमार मिश्र, मेगा बैंकी अनुपमा खुण्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दीपककुमार दे, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एसिया बैंकका रोशनकुमार न्यौपाने चयन हुनुभएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्