×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पूँजीबजार सुधार संघका अध्यक्ष कार्कीले पनि विज्ञप्ती निकालेर भने-‘लेटरप्याड दुरुपयोग गर्नेहरुले भ्रम छरे…’

काठमाडौं । पूँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्कीलाई संघले अध्यक्ष पदबाट बर्खास्त गरिएको भनी विज्ञप्ती जारी गरिएको थियो । सोही जारी विज्ञप्तीप्रति संघको गम्भिर ध्यानआकर्षण भएको छ ।

‘बर्खास्तमा परीसकेका केही अराजक समूहले यस संस्थाका अध्यक्षलगायतलाई बर्खास्त गरीएको भनी संस्थाका छाप र लेटरप्याड किर्ते बनाइ नैतिकहिन प्रचारहरु गरीएको प्रति यस संघले निन्दा गर्दछ’ नारी विज्ञप्तीमा उल्लेख गरिएको छ । पूँजीबजार सुधार सघंले एक विज्ञप्ती जारी गर्दै यस्ता खालको किर्ते र गैर जिम्मेवारीपुर्ण कार्य नगर्न चेतावनीसमेत दिएको छ ।

अध्यक्ष रोहन कार्कीले भने आफ्नो संगठनको लेटरहेड दुरुपयोग गरि केहि स्वार्थ समूहले बर्खास्तीको नाटक गरेको बताएका थिए ।

‘कसैका स्टक प्रमोसन नगरेको रिस म माथी पोख्ने काम भयो । अध्यक्ष र सचिवलाई थाहा नै नदिई लेटरहेडको दुरुपयोग भयो । हाम्रो आधिकारिक विज्ञप्ती भरे आउँदैछ ।’ अर्थ सरोकारसँग उनले भने,‘दर्ता नभएको संगठनमा कसले कसलाई बर्खास्त गर्यो भन्ने हुँदैन । हामी छिट्टै सके यहि नाममा, नभए फरक नाममा लगानीकर्ताको नयाँ संगठन दर्ता गर्दैछौं ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: