×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एउटा कम्पनी जो आइपीओ निकालेर भाग्यो, सोझा नेपालीको लाखौँ डुब्यो ! (भिडियो रिपोर्ट)

काठमाडौँ । आजकल कुनै कम्पनीको आइपीओ खुल्यो भनेपछि लगानीकर्ताहरु आँखा चिम्लेर लगानी गर्छन् । कम्पनी कस्तो हो भन्ने बुझ्दै नबुझी पक्कै घाटा हुन्न भन्दै लगानीकर्ताहरु आइपीओ भनेपछि लगानी गर्न तम्सिहाल्छन् । पछिल्लो समय केहि कमजोर आंकलन गरिएका र विवादित कम्पनीमा आइपीओ भर्नेको संख्याले पनि यो तथ्यलाई पुष्टी गर्दछ । तर इतिहास हेर्ने हो भने चीनबाट नेपाल भित्रिएको एक कम्पनी नेपालमा आइपीओ खुलाएर भागेको समेत छ । २०४९ सालमा चीनबाट नेपालमा औसधि कम्पनी कम्पनीमा लगानी गर्न आएको कम्पनी अन्तत नेपालीहरुलाई डुबाएर भागेको हो ।
यो घटनाको नालेबेली पत्ता लगाउन २०४६ सालमा फर्किनुपर्छ । २०४६  सालको राजनीतिक परिवर्तनपछी नेपालमा विदेशी लगानी भित्र्याउने कानुन पारित भएपछी चीनको सेफ रिच इन्ड्रष्टी लिमिटेडले १९ करोड ५४ लाख रुपैयाँको लगानीमा नेपालमा औषधी उद्योग खोल्न लाइसेन्सको आवेदन दिएको थियो र नेपालमा  ८ करोड २२ लाख रुपैयाँ विदेशी लगानी ल्याउने प्रतिबद्धता गरेको  उसले लाइसेन्स पनि पायो ।
उद्योग विभागमा सिरियल नम्बर १७९ मा उद्योगका रुपमा दर्ता भएको सो कम्पनीलाई विभागले कम्पनीलाई २०४९ साल पुस ९ गते उद्योग स्थापनाको लागि अनुमति दिएको थियो । ८० जनालाई जागिर दिने र भक्तपुरमा औषधी प्लान्ट लगाई वार्षिक मेडिसन क्याप्सुल ५ करोड ७० लाख उत्पादन गर्ने  योजना बनाएर नेपालमा दर्ता भएको सो कम्पनीले २०५० साल पुस ४ गते सर्वसाधारणको लागि १ करोड ८० लाख रुपैयाँको आइपीओ जारी गर्यो ।
 माग भन्दा १६५ प्रतिशत आवेदन परेको सो कम्पनीको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष थियो । सो कम्पनीको आइपीओ बाँडफांड समेत भएको थियो ।  त्यो बेला पनि बिदेशी कम्पनी भन्ने बित्तिकै नेपालीहरुले खुलेर लगानी गरेका थिए । तर नेप्सेमा सूचीकरण नगरी सो कम्पनी भाग्यो र नेपालमा आइपीओ भर्ने नागरिकहरु सबै डुबे । अहिले सो कम्पनीको कतै पनि अस्तित्व छैन । अहिले सो कम्पनीका बारेमा नेप्से र धितोपत्र बोर्ड पनि बेखबर छ । चीनमा समेत सो कम्पनीको कुनै अस्तित्व नरहेको पाइएको छ । हेर्नुहोस् भिडियो :

 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: