×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी काण्डमा ‘कानुनी विभेद’ : योजनाकार भीआइपी अस्पतालमा, ठाकुर चीसो जेलमा, हाकिमलाई ज्वाई सुविधा…

काठमाडौँ । गायक योगेश्वर अमात्यको जग्गा किर्ते गरेर १९ करोड कर्जा प्रवाह भएको प्रकरणमा अहिले बैंकका कनिष्ट कर्मचारी सोनु ठाकुर, भ्यालुएटर, र ऋणीहरु प्रहरी हिरासतमा छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको अनुसन्धान गरिरहेको छ । आफ्नो संग्लग्नता नै नरहेको भन्दै भ्यालुएटरहरु आन्दोलनमा छन् भने यहि प्रकरणमा अनुसन्धानमा तानिएपछी बैंकका सीइओ र डेपुटी सीइओ अहिले बिदामा छन् । बिदामा पनि के भन्नु, उनीहरु ‘सेटिङ’ मिलाउन बैंकमा पुगिरहेका छन् । अर्थ सरोकारले गरेको खोजीमा उनीहरु बिहीबार एक दिनमात्र कार्यालय नगएको देखिएको छ भने बाँकी दिन उनीहरु कार्यालयमै छन् । बैंक अफ काठमाण्डु प्रकरणमा यस्तै केस भएको थियो । जहाँ बैंकका पूर्व सीइओ अजय श्रेष्ठ पनि पक्राउ परेका थिए । त्यतिबेला चौतर्फी रुपमा सीइओलाई पक्राउ नगरी अनुसन्धान गर्न दबाब परेको थियो । त्यसैको ब्याज अहिले अनुजमणि तिमिल्सीना र मनिस तिमिल्सीनाले खान पाएका छन् ।

योजनाकार अस्पतालको भीआइपी रुममा !

प्रहरीले हिरासतमा लिएपछी अभियुक्त बिरामी भएको खण्डमा अस्पताल भर्ना हुन पाउँछ । यतिको हिनामिना गर्न प्लान गर्न सक्ने मान्छेलाई सामान्य बिरामी, ब्लड प्रेसर हाईजस्ता लक्षण हुने नै भए । कानुनको यहि छिद्र प्रयोग गरेर घटनाका मुख्य योजनाकार कुसन प्रधान अहिले काठमाडौँको एक अस्पतालमा आनन्दले बसिरहेका छन् । (हिरासतको सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै अपस्ताल उल्लेख नगर्ने सम्पादकीय निर्णय अनुसार उल्लेख नगरिएको) उनलाई त्यहाँ उनका आफन्तहरु पनि दिनहुँजसो भेट्न आउँछन् । केहि प्रहरी त खटाइएको छ तर यो प्रकरणलाई कसरी टुंगोमा पुर्याउने भनेर केहि व्यक्तिले प्लान गर्दा पनि प्रहरीहरु सुनीरहन्छन् । केहि दिन अगाडी अर्थ सरोकारकर्मी त्यहाँ पुग्दा पनि उनी आनन्दले क्याबिनमा बसेका थिए । उनलाई भेट्न केहि मान्छे पनि पुगेका थिए । केहिले ‘केस मिल्दैछ’समेत भन्दै थिए । अरु समयभन्दा निराश देखिए पनि उनको मुहारमा हिरासतमा बसेको खासै छनक थिएन । उनी बयान दिन पनि अन्कनाइरहेका छन् । उनले बयान दिंन ढिलो हुँदा केसको अनुसन्धान पनि दिनानुदिन ढिलो भईरहेको छ । उनी मिठा फलफूल र कागज मिलाउन केहि औसधिको सेवन गरिरहेका छन् । पैसाको अपुग नभएका उनलाई अहिले अस्पतालको जति बिल आएपनि फरक पर्दैन ।

ठाकुर र चौरासिया चीसो जेलमा !

यता यस प्रकरणमा परेका बैंकका कनिष्ट कर्मचारी सोनु ठाकुर र राकेश चौराशिया जेलमा छन् । ठाकुरसँग अस्पतालमा बस्ने पैसा छैन । केहि हजारका लागि जागिर खाएका उनी करोडौंमा फसेपछि अहिले उनको बेहाल भएको छ । जेलमा दिइने सामान्य कैदी खाना खाएर उनी दिन कटाईरहेका छन् । अर्थ सरोकारकर्मी केहि दिन अघि उनलाई भेट्न जाँदा उनी सार्है निराश देखिन्थे । प्रहरीले नजिकबाट त भेट्न दिएन तर उनको मुहारमा ठुलो नैराश्यता थियो । मेडिकल टेष्ट गर्न जाँदा उनको हातमा हतकडी लाग्ने गरेको छ । जवकी उता घटनाका मुख्य योजनाकार प्रधानले हतकडी लगाउनुपरेको छैन । यता चौरासियाको स्थिति पनि बिजोग छ । उनका ज्वाई उनका लागि लागिपरेका छन् । तर अस्पताल राख्ने पैसा नहुँदा उनीहरु जेलमै छन् । प्रधानले समयमा बयान नदिंदा उनीहरुको केस पनि लम्बिरहेको छ । र यो चीसो ठण्डीमा उनीहरु एक सरो गतिलो मन्डी पनि नभएको ठाउँमा सुत्न बाध्य भएका छन् । उनीहरुको स्थिति देख्दा ‘दुश्मनले पनि बैंकको जागिर नखाओस्’ झैं भान हुन्छ ।

सीइओ र डेपुटी सीइओलाई ज्वाई सुविधा !

कतै नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै सीइओ र डेपुटी सीइओलाई भने अनुसन्धानका क्रममा पनि ‘ज्वाई सुविधा’ दिइएको छ । उनीहरुलाई बैंकभित्र नै बयान लिइएको छ । बिदामा बसेर कार्यालय आउँदा पनि उनीहरुलाई कसैले केहि गर्न सकेको छैन ।  बैंकका सीइओ र डेपुटी सीइओ ‘राष्ट्र बैंक र सीआइबी मिलिसक्यो’ भन्दै हिंडेका छन् । यसले सानालाई ऐन ठुलालाई चैन भन्ने उखानलाई चरितार्थ गरेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: