×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको किर्ते काण्ड : त्यसपछि हाकिमलाई जोगाएर जुनियर कर्मचारी सोनु ठाकुरलाई १९ करोडमा फसाइयो…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कुमारी बैंकको किर्ते काण्ड : त्यसपछि हाकिमलाई जोगाएर जुनियर कर्मचारी सोनु ठाकुरलाई १९ करोडमा फसाइयो…

Artha Sarokar

१ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । अहिले कुमारी बैंकको किर्ते काण्ड सतहमा छ । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा लगायतका डकुमेन्ट बनाई भू-माफियाहरुले सो उपर १९ करोड ऋण लिएको भेटिएपछी अहिले सीआइबीले ऋणी, बैंकका कर्मचारी र जग्गाको मूल्यांकनकर्तालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । कुसन प्रधानको अगुवाईमा, बैंककै कामु सीइओ अनुजमणि तिमिल्सीनाको मिलेमतोमा सो जग्गाउपर  १९ करोड ऋण दिएको आरोप यतिबेला लागेको छ र प्रहरीले कुसन प्रधान लगायतका ऋणीलाई पक्राउ गरेर यसको अनुसन्धान गरिरहेको छ भने राजनीतिक दबाबमा बैंकका सीइओ अनुजमणि तिमिल्सीनालाई पक्राउ नै नगरी यस प्रकरणमा थप अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा बैंकका कनिष्ट कर्मचारी सोनु ठाकुरपनि समातिएका छन् । बैंकमा भर्खर जागिर खान आएका ठाकुरको दिन बिग्रेको भनौं वा माफियाहरुको चंगुलमा उनी ‘शहिद’ भए भनौं, उनी यो प्रकरणमा नमज्जासँग फसेका छन् ।

मालपोत पुगेको त्यो दिन…’यो माथिको फाइल हो, छिट्टो काम सकेर आउनु…’

ब्रान्च मेनेजरले सोनु ठाकुरलाई अर्हाए । ठाकुरको काम थियो मालपोतमा बैंकको प्रतिनिधिको रुपमा हस्ताक्षर गर्ने । ब्रान्च मेनेजरले पहिला नै ‘यो माथिको फाइल हो, छिटो सक्नुपर्छ’ भनेका थिए । र सोनु त्यो दिन बैंकको प्रतिनिधि बनेर मालपोत कार्यालय पुगे ।

कार्यालय पुग्दा कुसन प्रधानको समूहले उल्टै ‘काम सकियो अव यहाँ हस्ताक्षर मात्र गर्न बाँकी छ’ भनेर अर्हाए । ठाकुरले पनि ‘ए काम सकीइसकेछ, भनेर आवश्यक कागजात हेरे । कागजातमा मालपोतका हाकिमको समेत हस्ताक्षर थियो । सबै कागजहरु तयार थिए । सबै कुरा तयार भएपछी उनले पनि बैंकको प्रतिनिधि बनेर सो कागजमा हस्ताक्षर गरिदिए । तर सो कागजमा सक्कली भनेको सोनु ठाकुरको हस्ताक्षरमात्र थियो । अरु सबै नक्कली । मालपोतको कागजदेखि लालपूर्जासम्म, सबै नक्कली थिए । रोक्काका कागजहरु सबै नक्कली थिए । तर ती कागजहरु सक्कली हुन् कि नक्कली भन्ने सोनु ठाकुरले थाहा पाउने कुरै भएन । र उनी आफ्ना ब्रान्च मेनेजरले अर्हाएको काम गरेर फर्किए ।

‘कुनै दिन फसीहालियो भने ठाकुरलाई नै फसाउने हो’ भनेर माफियाहरुले तयारी गरिसकेका थिए । यो कुराको भेउ उनले पाउने कुरै भएन । त्यसको केहि समयपछी यो प्रकरण सतहमा आयो । उनी समातिए । जवकी उनको यसमा गल्ती केहि पनि थिएन । सीइओको फाइल भनेपछी एउटा जुनियर कर्मचारी यसै पनि थरथर हुन्छ । यो केसमा पनि माथिको फाइल भनेपछि उनले बाँकी चेकजांच गर्ने कुरै पनि भएन । त्यसमाथि सबै कागज सक्कलीजस्ता थिए । यो कागज सक्कली नै हो र ? भनेर चेकजाँच गर्ने भन्ने कुरा हुँदैनथ्यो । उनको हैसियत पनि त्यसरी सोध्ने खालेको थिएन । अन्तत: उनले सहि गरिदिएकै कारण उनी फसे । अहिले बैंकका (अहिले बिदामा बसेका) डेपुटी सीइओ मनिस तिमिल्सीना भने मालपोतको जिम्मेवारी पूरा नगरेकाले दोष ठाकुरकै भएको बताउँदै हिंडेका छन् । अर्थ सरोकारसँगको कुराकानीमा पनि उनले त्यसै भने । तर खासमा सबै मिलेमतो माथिको थियो । सोनु ठाकुर फोकटमा फसे ।

भर्खर सुरु भएको थियो करियर, अव बर्बाद हुने डर !

यसो त ठाकुरको आफ्नो भन्ने कोहि थिएन बैंकिङमा । सार्है मेहेनत गरेर बैंकको जागिर सुरु गरेका थिए । केहि महिनामात्र भएको थियो कुमारी बैंकमा जागिर खाएको । यो प्रकरण सतहमा आएपछि ब्रान्च मेनेजर फरार छन् । उनलाई बैंककै कामु सीइओ (हाल बिदामा बसेका)ले भगाएको चर्चा पनि छ । तर ब्रान्च मेनेजरलाई प्रहरीले पक्राउ गर्छ भनेर भगाउने बैंकले सोनु ठाकुरलाई फसायो । अझ आफ्नो कर्मचारीलाई माफियाहरुले फसाए भनेर बैंकले जोगाउनुपर्ने थियो । तर बैंककै डेपुटी सीइओ मनिस तिमिल्सीना उनी नै दोषी हुन् भन्दै हिंडे । सोनु ठाकुर सामान्य परिवारका व्यक्ति हुन् । उनका लागि केहि हजारको जागिर ठुलो सपना हो । यहि सपनामा रुमलिएर उनी जागिर गर्दै थिए । तर अन्तत उनी समातिए । उनी समातिदा पनि उनले के गल्ती गरेका थिए भन्ने उनलाई थाहा थिएन । पछी प्रहरीले सोधखोज गरेपछि पो बल्ल उनले आफुले हस्ताक्षर गरेको कागज किर्ते रहेछ भनेर थाहा पाए । अहिले उनी हिरासतमा छन् । उनीमाथि किर्ते मुद्धा चलाउने तयारी छ । उनी समातिएपछी उनको परिवार सार्है ठुलो समस्यामा छ । नखाएको बिष लागेपछी परिवारलाई ठुलो पीडा भएको छ ।

‘दुश्मनले पनि नखाओस् कुमारी बैंकको जागिर !’

अहिले उनका नजिकका साथीहरु यो प्रकरणबाट विछिप्त छन् । ‘दुश्मनले पनि कुमारी बैंकको जागिर नखाओस् । यो त हामीजस्ता सानालाई फसाएर ठुलाले राज गर्ने बैंक रहेछ ।’ सोनु ठाकुरको गाउँमा भेटिएका उनका एक साथी भन्छन्, ‘सोनुले कति करोड खायो भनेर चर्चा सुरु गरेका छन् नबुझेकाहरुले । तर जो, केहि हजारको जागिरका लागि मरीमेट्ने मान्छे हो, उसको त्यो हैसियत नै हुँदैन भन्ने धेरैले बुझेका छैनन् । अव उनलाई अरु बैंकमा जागिर खान पनि समस्या हुने देखिएको छ । उनको करियर कुमारीले बर्बाद बनाईदियो । कुमारी बैंककै मिलेमतोमा भएको ठुलो प्रकरणमा उनलाई फसाइयो ।’ यता बैंकका घटनाका मुख्य योजनाकारका साथी अनुजमणि तिमिल्सीना भने यो प्रकरणमा ठाकुरलाई जेलबाट छिट्टै छुटाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । ‘हामीले सोध्दा सीइओले हामी छुटाउँछौं भनिरहेका छन् । जो जेल जानुपर्ने थियो, उसले हामी सहयोग गर्छौं भन्दा पनि ‘लौ न हजुर’ भन्नुपर्ने स्थिति आएको छ ।’ उनका एक आफन्तले अर्थ सरोकार डटकमसँग भने, ‘जे भयो गलत भयो ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी