काठमाडौं । कुमारी बैंकको किर्ते प्रकरणमा बैंकको उच्च तहका कर्मचारीहरु मिलेर १९ करोड ऋण दिएको र आफ्नो कर्तुत बहिरिएपछी अहिले आएर सोझा इन्जिनियरहरुलाई फसाएको भन्दै कुमारी बैंक विरुद्ध इन्जिनियरहरु विरोधमा उत्रिएका छन् । किर्ते गर्नेलाई पक्राउ गर्नुको सट्टा बैंकले दिएको कागजातका आधारमा भ्यालुएसन गर्ने इन्जिनियरहरुलाई पक्राउ गरेको भन्दै नेपाल भ्यालुयर्स एसोसियसनले कुमारी बैंकमा धर्ना कार्यक्रम गरेको हो। आइतबार कुमारी बैंकको प्रधान कार्यालय टङ्गालमा पुगेर इन्जिनियरहरुले कुमारी बैंकको किर्ते प्रकरणमा पक्राउ परेका इन्जिनियर राजेश कुमार चौरसियालाई निशर्त रिहाई गर्न तथा मूल्याङ्कन प्रक्रिया सम्बन्धी स्पष्ट मापदण्ड एवम् निर्देशिका जारी गर्न माग गरेका छन् ।
धर्नालाई सम्बोधन गर्दै एसोसिएसनका केन्द्रीय अध्यक्ष ऋषि कोइरालाले कुमारी बैंकका माफियाहरु मिलेर मिलेमतोमा ऋण दिएको र इन्जिनियरहरुलाई उल्टै फसाइएको आरोप लगाएका छन् । उनले कुमारी बैंकको प्रकरणमा ठगी गर्नेलाई तत्काल कारवाही हुनुपर्ने माग राखेका छन् भने आफुले गरेको आन्दोलन सांकेतिक भएको बताउंदै उनले राज्यले तत्काल ऐन कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।
धर्नाका क्रममा इन्जिनियरहरुले ‘अनधिकृत रुपमा इन्जिनियरलाई कालो सुचीमा राख्ने काम बन्द गर, इन्जिनियरलाई लगाएको बैंकिङ्क कसुर फिर्ता गर, मूल्याङ्कनको प्रक्रिया यकिन गर लगायतका नारा ललगाएका थिए । कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष ऋषि कोइरालाले कुमारी बैंकका माफियाहरु मिलेर, मिलेमतो गरेर ऋण दिएको र उल्टै इन्जिनियरहरुलाई फसाएको आरोपसमेत लगाएका छन्। हेर्नुहोस् भिडियो रिपोर्ट :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्