काठमाडौं । गलत काम गर्नेहरुलाई छोडेर पेशागत रुपमा काम गरिरहेका इन्जिनियरहरुलाई कुमारी बैंकको किर्ते काण्डमा पक्राउ गरेको भन्दै नेपाल भ्यालुयर्स एसोसियसनले कुमारी बैंकमा धर्ना कार्यक्रम गरेको छ । आइतबार कुमारी बैंकको प्रधान कार्यालय टङ्गालमा पुगेर इन्जिनियरहरुले कुमारी बैंकको किर्ते प्रकरणमा पक्राउ परेका इन्जिनियर राजेश कुमार चौरसियालाई निशर्त रिहाई गर्न तथा मूल्याङ्कन प्रक्रिया सम्बन्धी स्पष्ट मापदण्ड एवम् निर्देशिका जारी गर्न माग गरेका छन् ।
धर्नालाई सम्बोधन गर्दै नेपाल भ्यालुयर्स एसोशियनका केन्द्रिय अध्यक्ष ऋषि कोइरालाले विभिन्न आरोप लगाएर भ्यालुयर्सहरुलाई फसाउने गरेको आरोप लगाउंदै कुमारी बैंकको प्रकरणमा ठगी गर्नेलाई तत्काल कारवाही हुनुपर्ने माग राखेका छन् । आफुले गरेको आन्दोलन सांकेतिक भएको बताउंदै उनले राज्यले तत्काल ऐन कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।
धर्नाका क्रममा इन्जिनियरहरुले ‘अनधिकृत रुपमा इन्जिनियरलाई कालो सुचीमा राख्ने काम बन्द गर, इन्जिनियरलाई लगाएको बैंकिङ्क कसुर फिर्ता गर, मूल्याङ्कनको प्रक्रिया यकिन गर लगायतका नारा ललगाएका थिए।
एसोसिएसनले मंसिर ८ गते बिहान ११ बजे एनबिए अफिस धर्ना तथा विरोध कार्यक्रम र च्याप्टरहरूको हकमा सम्बन्धित च्याप्टरहरूको कुमारी बैंकको शाखामा विरोध तथा धर्ना गर्ने कार्यक्रमको पनि तय गरेका छन् । बाँकी तस्विरमा हेरौं भ्यालुअर्सहरुको धर्ना कार्यक्रम :










Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्