×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक किर्ते काण्डको फलोअप : अनुजमणि र मनिष तिमिल्सीना बिदामा बसे, कार्यकारी जिम्मा रामचन्द्र खनाललाई !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

कुमारी बैंक किर्ते काण्डको फलोअप : अनुजमणि र मनिष तिमिल्सीना बिदामा बसे, कार्यकारी जिम्मा रामचन्द्र खनाललाई !

काठमाडौँ । कुमारी बैंकमा योगेश्वर अमात्यको जग्गा किर्ते गरेको काण्डमा तानिएपछी बैंकका तत्कालीन कामु सीइओ अनुजमणि तिमिल्सीना र डेपुटी सीइओ मनिष तिमिल्सीना बिदामा बसेका छन् । सीआइबीले यो केसमाथि अनुसन्धान गरिरहँदा बैंकमा रही काम गर्दा प्रमाण नष्ट हुने डर भएको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि उनीहरुलाई बैंकबाट बिदा लिन वा बैंक छोड्न दबाब परेको थियो । यहि दबाबपछी सीआइबीले पनि यस विषयमा चासो देखाएको थियो भने नेपाल राष्ट्र बैंक र बैंककै केहि संचालकहरुले पनि उनीहरुलाई कि बैंक छोड्न वा बिदामा बस्न सुझाएका थिए । अन्तत: चौतर्फी दबाबपछी उनीहरु बैंकबाट बिदामा बसेका छन् ।

यता उनीहरु बिदामा बसेपछि बैंकको कार्यकारी जिम्मा रामचन्द्र खनालले पाएका छन् । उनीहरु बिदाबाट नफर्किएसम्म अव रामचन्द्र खनाल नै बैंकको कार्यकारी भूमिकामा हुनेछन् । यसो त अव अनुजमणि र मनिस तिमील्सीना बैंक फर्किने सम्भावना निकै कम छ । अहिलेनै राजीनामा दिंदा बेइज्जत हुने डरले दुबैले अहिले बिदामा बस्ने र केहि समयपछी राजीनामाको घोषणा गर्ने बुझिएको छ । यद्यपी यो बीचको समयमा यो प्रकरण सेलायो वा सबैतिर ‘सेटिङ’ मिलेको खण्डमा उनीहरु आउने दाउ हेरेर बसेका छन् ।

अनुजमणि निकट स्रोतका अनुसार अहिलेलाई बिदा बसेर अनुजमणि सकेसम्म पुन: बैंक फर्कने दाउमा छन् । यद्यपी यो सम्भावना निकै कम छ । ‘अहिले अनुजमणि बिदामा छन् । विरामी भएको बहानामा बिदामा बसेका अनुजमणि अहिले यो केस मिलाउन लागि परिरहेका छन् । तर उनी यो केसमा तानीइसकेकाले सीआइबीले चाहेको खण्डमा उनी फस्ने पक्का छ।’ उनी निकट स्रोतले भन्यो ।

यता मनिस तिमिल्सीना पनि बिदामा छन् । उनले पनि केहि समयको बिदा लेखाएर बैंकमा गएका छैनन् । केहि समय यता उनको फोनसमेत अफ छ । उनी अहिले जसरी हुन्छ यो प्रकरणमा जोगिन पाए करियर त फेरी बनाइन्थ्यो भनेर बसेका छन् ।

रामचन्द्र खनाल बन्लान् त डेपुटी सीइओ ?

रामचन्द्र खनाल अव कुमारी बैंकको डेपुटी सीइओ बन्लान् त भन्ने चर्चा पनि सुरु भएको छ । सीइओ र डेपुटी सीइओ दुबैको बहिर्गमन भएको खण्डमा उनलाई डेपुटी सीइओ बनाउने वा अर्को व्यक्ति डेपुटी सीइओका रुपमा ल्याउने विकल्प बैंकसँग छ । यस्तो अवस्थामा खनालले डेपुटी सीइओ पाउने सम्भावना ठुलो छ । यद्यपी उनलाई तत्काल सीइओ नै बनाउने तयारी भने बैंकको छैन । कुमारी बैंकले अनुजमणिको बहिर्गमनपछी बैंकमा बाहिरबाट नै सीइओ ल्याउने तयारी गरेको बुझिएको छ । यत्रो काण्ड परिसकेपछि अव अनुजमणिको सीइओ बन्ने सम्भावना एकदम कम छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: