×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको खुद नाफा ४४.२८% ले बढ्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७९ पैसाले बढेर २७ रुपैयाँ ५९ पैसा पुग्यो

PRIME CA
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकको खुद नाफा ४४.२८% ले बढ्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७९ पैसाले बढेर २७ रुपैयाँ ५९ पैसा पुग्यो

१५ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सो अवधिमा २३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
यो नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४४.२८ प्रतिशतले बढी हो । यस्तै बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ५१.४७ प्रतिशत बढेको छ । बैंकका अनुसार जगेडा कोषमा १ अर्ब ७० करोड संञ्चित रहेको छ ।
हाल चुक्ता पूँजी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको बैंकको निक्षेप ३.०४ प्रतिशत र कर्जा ५.८४ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७९ पैसाले बढेर २७ रुपैयाँ ५९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ६५ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: