×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ज्यानमारा’ मारुती सिमेन्ट फेरि पनि गुणस्तरहीन प्रमाणित, विक्रीवितरणमा रोक लाग्यो, अधिकांस संरचना जोखिममा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

‘ज्यानमारा’ मारुती सिमेन्ट फेरि पनि गुणस्तरहीन प्रमाणित, विक्रीवितरणमा रोक लाग्यो, अधिकांस संरचना जोखिममा !

काठमाण्डौ । बर्षौंदेखि पटक पटक गुणस्तरहीन प्रमाणित हुँदा पनि कारवाही नहुँदा सारा प्रयोगकर्ताहरुलाई जोखिममा पारिरहेको मारुती सिमेन्ट पुन: एक पटक गुणस्तरहीन प्रमाणित भएको छ । सिमेन्ट कम गुणस्तर पाइएको भन्दै नापतौल तथा गुण नियन्त्रण विभागले उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण दिन पत्राचारसमेत गरेको छ । यता सो सिमेन्ट हाललाई विक्रीमा रोकसमेत लगाइएको छ ।  तर यस अघि पनि पटक पटक गुणस्तरहीन प्रमाणित भएको मारुती सिमेन्टलाई विभागले कारवाही गर्न सकेको थिएन ।

र यसपटक पनि कम्पनीका संचालकहरु, ‘विभाग पत्र काट्दै गर्छ, हामी गुणस्तरहीन सिमेन्ट बेच्दै गर्छौं’ भन्ने शैलीमा उत्रिएका छन् ।  विभागको निर्देशनको अटेरी गर्दै अझै पनि मारुती सिमेन्टको विक्री वितरण रोकिएको छैन ।  अर्थ सरोकार डटकमले मारुती सिमेन्ट गुणस्तरहीन भएको प्रमाणित हुँदा पनि कारवाही नहुँदा प्रयोगकर्ताहरु जुनसुकै बेला पनि मृत्युको मुखमा पुगिरहेको भन्दै करिव ४ बर्षअघि देखि खबर सम्प्रेषण गर्दै आएको छ ।

विभागले मारुतीको ओपीसी ४३ ग्रेड, गुणस्तरहीन भेटिएकाले बजारबाट सिमेन्ट फिर्ता पथाउना पत्राचार गरेको हो। मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको विभागले जनाएको छ। मारुती सिमेन्टलाई गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार स्पष्टीकरण सोधिएको विभागले जनाएको छ।

यता ज्यानमारा मारुतीसँगै विभागले जगदम्बाको पीपीसीको बिक्रीवितरणमा समेत रोक लगाएको छ । सो सिमेन्ट पनि बजारमा गुणस्तरहीन भेटिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: