×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाज पचेका मारुतीका हाकिम : सरकारलाई ठाडो च्यालेन्ज दिंदै गुणस्तरहीन सिमेन्ट प्रयोग गर्न जनतालाई उर्दी !

काठमाण्डौ । पैसा र पावर भएपछी यो देशमा जे पनि चल्ने रहेछ। यतिसम्मको यो देशका व्यापारीहरु सरकारलाई च्यालेन्ज गर्ने हैसियत राख्छन् ।  र त्यसैको पछिल्लो उदाहरण हो- मारुती सिमेन्ट । मारुती सिमेन्टलाई गुणस्तरहीन भन्दै सम्बन्धित सरकारी निकायले सार्वजनिक रुपमै आह्वान गरिसकेको छ । गुणस्तर तथा नापतौल विभागले एक सार्वजनिक विज्ञप्ति जारी गर्दै मारुती सिमेन्ट गुणस्तरहीन भएको र सो सिमेन्टको प्रयोग नगर्न आम जनसमुदायलाई आग्रह गरिसकेको छ भने बजारमा भएका सिमेन्टहरु पनि फिर्ता गर्न निर्देशन दिइसकेको छ । तर सो निर्देशनको धज्जी उडाउंदै मारुती सिमेन्टका मालिकले पत्रिकामा सूचना छापेर सिमेन्टको गुणस्तरमा कुनै पनि समस्या नभएको झुटो विज्ञप्ति जारी गरेर जनताको घर ढाल्ने र जनता मार्ने काममा उक्साईरहेका छन् ।

बर्षौंदेखि पटक पटक गुणस्तरहीन प्रमाणित हुँदा पनि कारवाही नहुँदा सारा प्रयोगकर्ताहरुलाई जोखिममा पारिरहेको मारुती सिमेन्ट पुन: एक पटक गुणस्तरहीन प्रमाणित भएको थियो । हुन त पैसा र पावरका भरमा पूरै सरकार किनेझैं गर्ने मारुती सिमेन्टले यस प्रकरण पनि पैसा र पावरकै भरमा मिलाउने कुचेष्टा गरिरहेको छ । कम्पनीले यतिसम्म अटेरी गरेको छ कि, विभागको निर्देशन नमानेर कम्पनीले गुणस्तरहीन सिमेन्ट बजारबाट फिर्ता ल्याएको पनि छैन ।  सिमेन्ट कम गुणस्तर पाइएको भन्दै नापतौल तथा गुण नियन्त्रण विभागले उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण दिन पत्राचारसमेत गरेको छ । तर सिमेन्टका मालिकहरु पैसा र पावरका भरमा यो केसलाई पैसा दिएर सल्टाउने प्रयास गरिरहेका छन् ।

यता मालिकहरु सरकारी निकाय मिलाउन लागिरहंदा कम्पनीका ब्राण्ड मेनेजर मिडियालाई मिलाउने ठेक्का लिएर बसिरहेका छन् । पत्रिकामा सिमेन्ट खराबी भएको न्युज रोक्न कम्पनीले झुटो उर्दीको विज्ञापन छपाईरहेको छ । जनतालाई मार्ने गरी गरिएको यस्तो काममा सबै मुकदर्शक बनेर बसिरहेका छन् ।यो सिमेन्टलाई हाल विक्रीमा रोकसमेत लगाइएको छ ।  तर यस अघि पनि पटक पटक गुणस्तरहीन प्रमाणित भएको मारुती सिमेन्टलाई विभागले कारवाही गर्न सकेको थिएन । र यसपाली पनि यो प्र्कारण केहि लाखका बिटामा बिक्ने पक्का छ ।

र यसपटक पनि कम्पनीका संचालकहरु, ‘विभाग पत्र काट्दै गर्छ, हामी गुणस्तरहीन सिमेन्ट बेच्दै गर्छौं’ भन्ने शैलीमा उत्रिएका छन् ।  विभागको निर्देशनको अटेरी गर्दै अझै पनि मारुती सिमेन्टको विक्री वितरण रोकिएको छैन ।  अर्थ सरोकार डटकमले मारुती सिमेन्ट गुणस्तरहीन भएको प्रमाणित हुँदा पनि कारवाही नहुँदा प्रयोगकर्ताहरु जुनसुकै बेला पनि मृत्युको मुखमा पुगिरहेको भन्दै करिव ४ बर्षअघि देखि खबर सम्प्रेषण गर्दै आएको छ ।

विभागले मारुतीको ओपीसी ४३ ग्रेड, गुणस्तरहीन भेटिएकाले बजारबाट सिमेन्ट फिर्ता पथाउना पत्राचार गरेको हो। मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको विभागले जनाएको छ। मारुती सिमेन्टलाई गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार स्पष्टीकरण सोधिएको विभागले जनाएको छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: