काठमाण्डौ । पैसा र पावर भएपछी यो देशमा जे पनि चल्ने रहेछ। यतिसम्मको यो देशका व्यापारीहरु सरकारलाई च्यालेन्ज गर्ने हैसियत राख्छन् । र त्यसैको पछिल्लो उदाहरण हो- मारुती सिमेन्ट । मारुती सिमेन्टलाई गुणस्तरहीन भन्दै सम्बन्धित सरकारी निकायले सार्वजनिक रुपमै आह्वान गरिसकेको छ । गुणस्तर तथा नापतौल विभागले एक सार्वजनिक विज्ञप्ति जारी गर्दै मारुती सिमेन्ट गुणस्तरहीन भएको र सो सिमेन्टको प्रयोग नगर्न आम जनसमुदायलाई आग्रह गरिसकेको छ भने बजारमा भएका सिमेन्टहरु पनि फिर्ता गर्न निर्देशन दिइसकेको छ । तर सो निर्देशनको धज्जी उडाउंदै मारुती सिमेन्टका मालिकले पत्रिकामा सूचना छापेर सिमेन्टको गुणस्तरमा कुनै पनि समस्या नभएको झुटो विज्ञप्ति जारी गरेर जनताको घर ढाल्ने र जनता मार्ने काममा उक्साईरहेका छन् ।
बर्षौंदेखि पटक पटक गुणस्तरहीन प्रमाणित हुँदा पनि कारवाही नहुँदा सारा प्रयोगकर्ताहरुलाई जोखिममा पारिरहेको मारुती सिमेन्ट पुन: एक पटक गुणस्तरहीन प्रमाणित भएको थियो । हुन त पैसा र पावरका भरमा पूरै सरकार किनेझैं गर्ने मारुती सिमेन्टले यस प्रकरण पनि पैसा र पावरकै भरमा मिलाउने कुचेष्टा गरिरहेको छ । कम्पनीले यतिसम्म अटेरी गरेको छ कि, विभागको निर्देशन नमानेर कम्पनीले गुणस्तरहीन सिमेन्ट बजारबाट फिर्ता ल्याएको पनि छैन । सिमेन्ट कम गुणस्तर पाइएको भन्दै नापतौल तथा गुण नियन्त्रण विभागले उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण दिन पत्राचारसमेत गरेको छ । तर सिमेन्टका मालिकहरु पैसा र पावरका भरमा यो केसलाई पैसा दिएर सल्टाउने प्रयास गरिरहेका छन् ।
यता मालिकहरु सरकारी निकाय मिलाउन लागिरहंदा कम्पनीका ब्राण्ड मेनेजर मिडियालाई मिलाउने ठेक्का लिएर बसिरहेका छन् । पत्रिकामा सिमेन्ट खराबी भएको न्युज रोक्न कम्पनीले झुटो उर्दीको विज्ञापन छपाईरहेको छ । जनतालाई मार्ने गरी गरिएको यस्तो काममा सबै मुकदर्शक बनेर बसिरहेका छन् ।यो सिमेन्टलाई हाल विक्रीमा रोकसमेत लगाइएको छ । तर यस अघि पनि पटक पटक गुणस्तरहीन प्रमाणित भएको मारुती सिमेन्टलाई विभागले कारवाही गर्न सकेको थिएन । र यसपाली पनि यो प्र्कारण केहि लाखका बिटामा बिक्ने पक्का छ ।
र यसपटक पनि कम्पनीका संचालकहरु, ‘विभाग पत्र काट्दै गर्छ, हामी गुणस्तरहीन सिमेन्ट बेच्दै गर्छौं’ भन्ने शैलीमा उत्रिएका छन् । विभागको निर्देशनको अटेरी गर्दै अझै पनि मारुती सिमेन्टको विक्री वितरण रोकिएको छैन । अर्थ सरोकार डटकमले मारुती सिमेन्ट गुणस्तरहीन भएको प्रमाणित हुँदा पनि कारवाही नहुँदा प्रयोगकर्ताहरु जुनसुकै बेला पनि मृत्युको मुखमा पुगिरहेको भन्दै करिव ४ बर्षअघि देखि खबर सम्प्रेषण गर्दै आएको छ ।
विभागले मारुतीको ओपीसी ४३ ग्रेड, गुणस्तरहीन भेटिएकाले बजारबाट सिमेन्ट फिर्ता पथाउना पत्राचार गरेको हो। मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको विभागले जनाएको छ। मारुती सिमेन्टलाई गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार स्पष्टीकरण सोधिएको विभागले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्